प्रदेश पर्यटन कार्यालयलाई अख्तियारी सहित अधिकार प्रत्यायोजन « Khabarhub

प्रदेश पर्यटन कार्यालयलाई अख्तियारी सहित अधिकार प्रत्यायोजन


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको पर्यटन विभागले आफूले गर्दै आएको कामलाई विकेन्द्रित गरेको छ ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमका बीच पर्यटन विभागले काठमाडौं बाहिर रहने ७ कार्यालयहरुलाई काम गर्ने अख्तियारी सहित अधिकार प्रत्यायोजन गरेको हो ।

पर्यटन विभागले पर्यटन मन्त्री योगेश भट्टराई सहित ६ प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सहभागी भएका थिए भने प्रदेश १ बाट मुख्य मन्त्रि शेरधन राईको उपस्थितिमा ७ कार्यालयहरुलाई अधिकार प्रत्यायोजनको हस्ताक्षर गरेको छ ।

पर्यटन विभागले आफूले गर्दै आएको काम झापाको काकड़भिट्टा, सोलुखुम्बुको नाम्चे, धनुषाको जनकपुर, पर्साको बीरगंज, रुपन्देहीको भैरहवा, कास्कीको पोखरा र बाँकेको कोहलपुरमा रहेको पर्यटन कार्यालयहरुले काम गर्ने गरि अधिकार प्रत्यायोजन गरेको छ ।

७ वटा कार्यालयहरुले, ट्राभल एजेन्सी तथा ट्रेकिंग एजेन्सी र ¥याफ्टिग एजेन्सीको इजाजत दिने तथा नविकरण गर्ने, पर्यटक यातायात सेवा ब्यबसायको लागि इजाजत दिने नविकरण गर्ने, पर्यटक स्तरीय होटल तथा होमस्टेको इजाजत दिने तथा नविकरण गर्ने र टुर गाइड, ट्रेकिंग गाइड,ट्रेकिंग पोर्टर, रिभर गाइड,लागतको इजाजत र नवीकरणको काम गर्नेछन ।

प्रदेश सरकार मातहत रहेर काम गर्ने यी कार्यालयहरुले आगामी असोज १ बाट काम थाल्नेछन ्। नव गठित कार्यालयहरुले पर्यटक स्तरीय ३६१ होटल,९२ वटा होमस्टे, ३२६२ वटा ट्राभल एजेन्सी,२४१७ वटा ट्रेकिंग एजेन्सी,८५ वटा ¥याफ्टिग एजेन्सी, २१४ रिभर गाइड, ट्रेकिंग पोर्टर गाइड १७२, पर्यटन यातायात सेवा ७९,ट्रेकिंग गाइड १२९८१ र टुरिष्ट गाइड २७०१ गरि २२३६४ सेवाको अभिलेख व्यवस्थापन, नवीकरण तथा सहजीकरण गर्नुपर्नेछ यसका साथै स्थानीय स्तरमा कार्यालय खुलेपछि पर्यटन सेवाको लागि नयाँ खोलिने कार्यालयहरुको ब्यबस्थापन समेत यीनै कार्यालयहरुले गर्नेछन् ।

केन्द्रमा रहेको पर्यटन विभागले अन्तरप्रदेश कार्यालय र मन्त्रालय बीच समन्वय गराउने काम गर्ने छ । सरकारले संघियताको मर्म अनुसार प्रदेश स्तरमा खुलेका कार्यालयहरुले भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि सहयोग गर्ने सरकारले विश्वस लिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  ११ : १५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६