उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन « Khabarhub

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको उद्धार कार्यमा खटिन पार्टी सदस्यहरूलाई निर्देशन दिएको छ ।

पार्टीका केन्द्रीय सदस्य, संसदीय दलका सदस्य, प्रदेश, जिल्ला समिति तथा ‘र्यापिट टिम’को आज बसेको संयुक्त बैठकले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्को परिस्थितिमा उद्धार कार्यमा खटिन आफ्ना सबै तहका सदस्यहरुलाई आठ बुँदे निर्देशन जारी गरेको हो ।

आफूले गरिरहेको कामका बारेमा सम्बन्धित निकायलाई सूचित गर्न सुझाव दिँदै अनावश्यक प्रचारबाजी नगर्न सूसुचितसमेत गराएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । “देशमा आपत् परेको बेला हामीले आफ्नो लागि युनिफर्म खोजिरहने होइन, जिम्मेवार नागरिकका रूपमा उद्धार कार्यमा खटिनु पर्र्छ”, पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उद्धार कार्यमा संलग्न हुँदा आफ्नो सुरक्षालाई पनि ध्यान दिन आग्रह गर्दै रास्वपाले सम्बन्धित सुरक्षा निकायसँग समन्वय गरेर आफूले जानेको र सक्ने तवरले उद्धार कार्यमा लाग्न निर्देशन दिएको हो । कार्यवाहक प्रवक्ता झाले उद्धारका नाममा कसैसँग राहत तथा पैसा उठाउने काम नगर्न र नगराउन पार्टी पङ्क्तिलाई निर्देशन दिएको बताउनुभयो । यस्तै सबै जिल्लामा भइरहेको समन्वय र सहयोगको कार्यबारे स्थानीय प्रशासनलाई जानकारी गराउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ११ : ३३ बजे

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौं र मोरङबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन्

झारखण्डका समुदायको आफ्नै फुटबल ‘विश्वकप’: विजेतालाई ‘खसी’ ट्रफी

काठमाडौँ – एकातिर विश्वभर फिफा विश्वकपको रौनक छ, अर्कोतिर भारतको

चार लाख भारतीय रकमसहित एकजना पक्राउ

नेपालगञ्ज– प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क क्षेत्रबाट