पहिरोमा परेका साथी बचाउन जाँदा कर्णेल केसीले गुमाए ज्यान « Khabarhub

पहिरोमा परेका साथी बचाउन जाँदा कर्णेल केसीले गुमाए ज्यान


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साथीलाई बचाउन जाँदा नेपाली सेनाका एकजना कर्णेलले ज्यान गुमाएका छन् ।

रिसोर्टमा सुतिरहेका बेला पहिरोमा पुरिएका साथीलाई उद्धार गर्न जाँदा नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) ३६ वर्षीय मिलन केसीले ज्यान गुमाएका हुन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ चियानेस्थित सिन्धु बीच रिसोर्टलाई पहिरोले पुरेपछि उद्धार गर्न जुट्दा केसीको शनिबार निधन भएको हो ।

नेपाली सेनाको भक्तपुर खरिपाटीस्थित सैनिक प्रतिष्ठानमा कार्यरत केसी दोलखाको भीमेश्वर नगरपालिकाका बासिन्दा थिए ।

उनी दुईजना कोरियन नागरिकसहित शुक्रबार राति सिन्धु बीच रिसोर्टमा बास बस्न पुगेका थिए । जसमा एकजना कोरियनले ज्यान गुमाएका छन् भने अर्का बेपत्ता भएका छन् । उनीहरूका गाडी चालकको पनि केसीसँगै ज्यान गएको छ ।

तर शनिबार पहिरो झरेपछि कर्णेल केसीसहितको टोली त्यहाँबाट निस्केको थियो । आफू निस्किए पनि रिसोर्टमा रहेका कोरियन नागरिकलाई उद्धारका लागि उनी फेरि त्यहाँ पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी सन्तोष खड्काका अनुसार कोरियनलाई बचाउन पुगेका केसीलाई रिसोर्टमा त्यही बेला खसेको ठूलो पहिरोले पुरेको हो ।

पहिरोमा पुरिएका उनी चोट लागेर घाइते भएका थिए । त्यसपछि उनलाई उद्धार गरेर निकालिएको थियो । उनी पहिरोस्थलबाट आफैं हिँडेर निस्किए पनि केही बेरमै ढल्न पुगेको खुलेको छ ।

कर्णेलमा बढुवा भएका केसीले फूली लगाएर जिम्मेवारी सम्हाल्न बाँकी नै थियो । सेनाका अनुसार केसी संयुक्त राष्ट्रसंघीय मिशनअन्तर्गत सिरिया जानुपर्ने तयारीमा थिए ।

सिन्धु बीच रिसोर्टको पहिरोमा परेर उनीसँगै गएका एकजना कोरियन पर्यटक पनि परेका छन् । उनीहरू दुवैजनाको शव बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्र लगेर काठमाडौं पठाइएको एसपी खड्काले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १ : ३७ बजे

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि