झ्याप्ले खोला पहिरो : जहाँ पुरिएका थिए तीनवटा गाडी (तस्बिरहरू) « Khabarhub

झ्याप्ले खोला पहिरो : जहाँ पुरिएका थिए तीनवटा गाडी (तस्बिरहरू)


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनीबेंसी र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सिमानामा पर्ने झ्याप्ले खोलाको पहिरो कयौँ सुन्दर जीवन खोस्ने ठाउँका रुपमा परिचित भएको छ ।

शुक्रबार राति हराएका चारवटा सवारीसाधन त्यही झ्याप्लेखोलाको पहिरोले पुर्दा ज्यान गुमाएका ३५ जनाको शव सुरक्षाकर्मीले निकालिसकेका छन्।

झ्याप्ले खोलामा आइतबार मात्रै २१ जनाको श-व निकालिएको छ । शनिबार १४ जनाको निकालिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अझै खोज्ने क्रम जारी छ ।

पुरिएका शव र सवारीसधान निकालेर त्यहाँको बाटो एकतर्फी खुलाउन सुरक्षाकर्मी संघर्षरत छन् ।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले भनेको छ ।

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको विंगर, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिरो उत्खनन गर्दा आइतबार बिहान बस र माइक्रो बस भेटिएका हुन्। यो खोलामा बुटवलबाट आएकामध्ये तीन परिवारका मात्रै ९ जना परेका छन् ।

चन्द्रागिरि नगरपालिका–२ झ्यापले खोला, नेपाल प्रहरीका उद्धारकर्ता, सशस्त्र प्रहरी र नेपाली सेनाको शव लिएर शुक्रबार बिहान पहारोमा परी आइपुगेका छन् । स्थानमा आएको पहिलो यात्रुवाहक बस पर्को थियो।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : १५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड