ज्वाइँ साबका निर्देशकलाई प्रश्न : क्लाइमेक्स दृश्य लिक गर्नेलाई किन उजुरी नगरेको ? | Khabarhub Khabarhub

ज्वाइँ साबका निर्देशकलाई प्रश्न : क्लाइमेक्स दृश्य लिक गर्नेलाई किन उजुरी नगरेको ?


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ प्रदर्शन मिति घोषणासँगै चर्चामा छ । चर्चाका कारण मध्ये एक जितु हुन् ।

चर्चाको पहिलो कारण हो- छक्का पञ्जा टिमबाट निकालिएका जितुको फिल्म ‘छक्का पञ्जा-५’सँग हलमा प्रतिस्पर्धा गर्ने पक्का हुनु । फिल्म क्षेत्रमा जितुले छक्का पञ्जा टिमसँग ‘इगो’ साँध्न फिल्म जुधाएको भन्ने गसिप पनि सुनिन्छ । यस्ता गसिपले पनि फिल्म प्रचारमा सहयोग पुग्ने नै भयो ।

फिल्म प्रचारका लागि दिइएको अन्तर्वार्तामा जितुले छक्का पञ्जा टिमबाट आफ्नो बहिर्गमनको बारेमा खुलेरै बोलेका छन् । ती अन्तर्वार्ता पनि ‘ज्वाइँ साब’ प्रचारका लागि थप मसला मिलेको छ ।

फिल्मको गीत ‘कसम बत्तीको’ले दर्शकबाट राम्रो साथ पाएको छ । टिकटकमा भाइरल बनेको छ । सोहीकारण पनि ‘छक्कापञ्जा’को विकल्प खोज्ने एकखाले दर्शकलाई यो फिल्मले तान्ने आकलन गरिएको छ । असोज २४ गते हलमा दर्शकको चापले यसको यथार्थ देखाउँला !

अहिले फेरि महत्तवपूर्ण दृश्य लिक भएको हल्लाका कारण यो फिल्मले चर्चा पाएको छ । ‘पर्फेक्ट विएडिङ’ नामक टिकटक खाताबाट बुधबार यस फिल्मको दृश्य बाहिरिएको हो । सो भिडियोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छायांकन भइरहेको देख्न सकिन्छ । सो भिडियोबाट जितु र नीति दुवै फिल्ममा निर्वाह गरेको चरित्र खुल्छ ।

जितु पूरा सेतो पहिरनमा छन्, अर्थात् बरखीबारेको पहिरनमा छन् । उनले काँखीमा बच्चा च्यापेका छन्, दाहिने पातामा निलो झोला भिरेका छन् । नीति भने सेतो चोलो, हरियो सारी र हातमा राष्ट्रिय झण्डा बोकेर जितुको पिछा गरिरहेकी छन् । सो भिडियोमा संवाद भने छैन ।

भिडियो हाल्ने व्यक्ति के भन्छन् ?

फिल्मको दृश्य हाल्ने टिकटक खातामा दुईवटा फोन नम्बर छन् । त्यसमा फोन गर्दा एक पुरुषले उठाउँछन् र नाम प्रवीण गौतम बताउँछन् ।

भिडियोमा पनि प्रवीण गौतामको ‘कपिराइट’ लोगो देख्न सकिन्छ । आफू प्रवीण रहेको दाबी गर्ने ती व्यक्ति खबरहबसँगको कुराकानीमा निर्धक्क आफैँले सो भिडियो खिचेको र सार्वजनिक गरेको दाबी गर्छन् ।

भन्छन्, ‘म भाइलाई एयरपोर्ट छोड्न जाँदा फिल्मको छायाङ्कन भएको देखेँ । जितु दाईसँग फोटो पनि खिचेँ । अनि सानो भिडियो पनि बनाएँ । अहिले फिल्मको प्रदर्शन मिति नजिकियो अनि भिडियो हालेको हुँ ।’

खबरहबसँगको कुराकानीमा उनी फिल्म निर्माण पक्षबाट दृश्य हटाउन दबाब नआएको बताउँछन् । आफैँले खिचेको दृश्य भएकाले नहाटउने दाबी उनको छ ।

भन्छन्, ‘किन हटाउने ? म आफैँले खिचेको हो ।’ निर्माण पक्षले उजुरी हाले कारबाहीमा परिन्छ, थाहा छ ? भन्ने प्रश्नमा उनी आत्माविश्वासका साथ जवाफ दिन्छन्, ‘म हटाउँदिनँ । उजुरी हाल्ने पर्ने यसमा के छ र ?

निर्देशक निरौलालाई प्रश्न : फिल्म प्रचारको जुक्ति त हैन ?

‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाका अनुसार सार्वजनिक भएको दृश्य करिब दुई साताअघि छायाङ्कन गरिएको हो ।

सो दृश्य नबाहिरियोस् भनेर छायाङ्कनकै क्रममा निर्माण पक्षले सजगकता अपनाएको उनको दाबी छ ।

भन्छन्, ‘छायाङ्कन हेर्ने भीड थियो । हामीले चाहिँ दृश्य बाहिरिन सक्छ भनेर सचेत चाहिँ भएको थियौं । भिडियो नखिच्न आग्रह पनि गरेका थियौं । मेरो पिठ्यू पनि आएको रहेछ । मभन्दा पछाडिबाट कसले खिच्यो-खिच्यो थाहा नै भएन ।’

बाहिरिएको सो दृश्य फिल्मको महत्त्वपूर्ण पाटो नै रहेको उनी दाबी गर्छन् । भन्छन्, ‘क्लाइमेक्स नै हो भनेर एकिन गर्न चाहिँ अहिल्यै म सक्दिनँ । टिजर र ट्रेलरमा नराख्ने भनेको दृश्य नै हो त्यो ।’

आफू फिल्मको अन्य कामको चापमा रहेकाले भिडियो सार्वजनिक गर्ने व्यक्तिसँग सम्पर्कसमेत नगरेको उनी बताउँछन् ।

महत्त्वपूर्ण दृश्य भए किन हटाउन पहल नगर्नुभएको ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘उहाँलाई हटाउन लगाएर के गर्नु ? अरुले डाउनलोड गरिसक्नुभएको हुन्छ । फेरि टिकटकमा आइहाल्छ ।’

प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारको नियत राखेर निर्माण पक्षले दृश्य लिक गरेको उदाहरण पनि छन् । यी घटनाबारे आफू पनि ज्ञान रहेको उनी बताउँछन् ।

निर्देशक निरौला भने दृश्य लिकको विषयमा निर्माण पक्ष कुनै हिसाबले जिम्मेवार नरहेको दाबी गर्छन् । यो घटनाले आफू केही हदसम्म चिन्तित परेको उनी बताउँछन् ।

त्यसो भए किन भिडियो सार्वजनिक गर्नेविरुद्ध कानुनी प्रक्रियामा नगएको ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘उहाँले पनि भयंकर अपराध गर्नुभएको होइन । मन परेको कलाकारले सुटिङ गरेको सानो दृश्य मात्रै राख्नुभएको हो । दसैंको मुखमा उजुरी गरेर किन कठघरामा पुर्‍याउनु ? कानुनीरुपमा गएपछि उहाँले माफी मागेर भिडियो हटाउने हो । यतिका लागि किन उजुरी गर्नु ?’

उजुरी नगरेका कारण निर्माण पक्षले नै दृश्य सार्वजनिक गरेको आरोपले चर्चा पाएको निरौलालाई थाहा छ । तर, फिल्म प्रचारका लागि आफू कदापि यो हदसम्म नजाने उनी दाबी गर्छन् ।

‘दृश्य लिक गराएर फिल्मको प्रचार गर्ने नियत हाम्रो हुँदै होइन । यद्यपि मैले प्रमाणित गर्न सक्ने आधार त छैन । बाहिरिन निकाल्न नचाहेकै दृश्य हो । टिजरमा र ट्रेलरमा राख्न नमिल्ने महत्त्वपूर्ण दृश्य कुनै मेकरले बाहिर ल्याउला त ?’ उनी प्रश्न गर्छन् ।

कानुनीरुपमा जानुपर्नेभन्दा फिल्मका अन्य महत्त्वपूर्ण काममा आफू व्यस्त रहेको यसतर्फ ध्यान नदिएको उनी बताउँछन् ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : ५९ बजे

पाकिस्तानको हैदरावादमा १२ हजार बालबालिले लगाएनन् पोलियो खोप

काठमाडौं – पाकिस्तानको हैदरावाद जिल्लामा सञ्चालन गरिएको पोलियोविरुद्धको खोप अभियानमा

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर

माथिल्लो तामाकोशीमा दुईजनाको शव फेला

दोलखा – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा लेदोसहित

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने

काठमाडौं – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका

अमेरिकाबाट काठमाडौंका लागि उडे ओली

अमेरिका – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर प्रधानमन्त्री केपी