गृहमन्त्री लेखकलाई बागमतीका पूर्वमन्त्रीको आग्रह- फोन त उठाउनुस् « Khabarhub

गृहमन्त्री लेखकलाई बागमतीका पूर्वमन्त्रीको आग्रह- फोन त उठाउनुस्


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार र शनिबारको विनाशकारी बाढीपछिको उद्धार प्रक्रियालाई लिएर गृहमन्त्री रमेश लेखक आलोचित भइरहेका छन् ।

ललितपुरको नख्खु खोलाले बगाएका तीनमध्ये दुईको उद्धार भइसक्दा पनि शनिबार गृहमन्त्रीले तीनैजनालाई बचाउन नसकेको हाँस्यास्पद प्रतिक्रिया दिएका थिए ।

उद्धार भइसकेका मानिसबारे पनि सूचना नराखेको भन्दै आलोचना खेपेका उनै गृहमन्त्रीको फोन नउठेको भन्दै बागमती प्रदेशका पूर्वमन्त्रीले सामाजिक सञ्जालमै निशाना साँधेका छन् ।

विपद्को समयमा सबैभन्दा सक्रियता गृहमन्त्रीकै हुन्छ । उनले त्यही समयमा शनिबार एउटा ट्विट लेखेका थिए ।

‘देशभर वर्षाले जनधनको क्षतिमा सरकार खोज उद्धार, राहत, घाइेको उपचार गर्न र सुरक्षित स्थानमा स्थानान्तरण गर्न गम्भीरतापूर्वक लागेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई तदारुकताका साथ काममा खटिन निर्देश गर्दछु’, उनले ट्विटरमा भनेका थिए ।

शनिबारको बाढीले सबैभन्दा क्षति भोगेको बागमती प्रदेशअन्तर्गत नै पर्छ सिन्धुली पनि । बागमती प्रदेशबाट कोशी र मधेशतिर जाने सिन्धुलीस्थित बीपी राजमार्ग र कयौँ पुल क्षतविक्षत भएका छन् ।

यस्तोमा सिन्धुली नै घरमा बागमती प्रदेशका एकजना पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय गृहमन्त्री रमेश लेखकको फोन नउठेको रिस एक्समै पोखेका छन् ।

‘मन्त्रीज्यू ! फोन उठाउन पर्‍यो’, उनले आफ्नो फोनसमेत एक्समा राख्दै गृहमन्त्री लेखकलाई मेन्सनसहित लेखेका छन्, ‘निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री, बागमती प्रदेश ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २२ बजे

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ