गृहमन्त्री लेखकलाई बागमतीका पूर्वमन्त्रीको आग्रह- फोन त उठाउनुस् « Khabarhub

गृहमन्त्री लेखकलाई बागमतीका पूर्वमन्त्रीको आग्रह- फोन त उठाउनुस्


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शुक्रबार र शनिबारको विनाशकारी बाढीपछिको उद्धार प्रक्रियालाई लिएर गृहमन्त्री रमेश लेखक आलोचित भइरहेका छन् ।

ललितपुरको नख्खु खोलाले बगाएका तीनमध्ये दुईको उद्धार भइसक्दा पनि शनिबार गृहमन्त्रीले तीनैजनालाई बचाउन नसकेको हाँस्यास्पद प्रतिक्रिया दिएका थिए ।

उद्धार भइसकेका मानिसबारे पनि सूचना नराखेको भन्दै आलोचना खेपेका उनै गृहमन्त्रीको फोन नउठेको भन्दै बागमती प्रदेशका पूर्वमन्त्रीले सामाजिक सञ्जालमै निशाना साँधेका छन् ।

विपद्को समयमा सबैभन्दा सक्रियता गृहमन्त्रीकै हुन्छ । उनले त्यही समयमा शनिबार एउटा ट्विट लेखेका थिए ।

‘देशभर वर्षाले जनधनको क्षतिमा सरकार खोज उद्धार, राहत, घाइेको उपचार गर्न र सुरक्षित स्थानमा स्थानान्तरण गर्न गम्भीरतापूर्वक लागेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई तदारुकताका साथ काममा खटिन निर्देश गर्दछु’, उनले ट्विटरमा भनेका थिए ।

शनिबारको बाढीले सबैभन्दा क्षति भोगेको बागमती प्रदेशअन्तर्गत नै पर्छ सिन्धुली पनि । बागमती प्रदेशबाट कोशी र मधेशतिर जाने सिन्धुलीस्थित बीपी राजमार्ग र कयौँ पुल क्षतविक्षत भएका छन् ।

यस्तोमा सिन्धुली नै घरमा बागमती प्रदेशका एकजना पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय गृहमन्त्री रमेश लेखकको फोन नउठेको रिस एक्समै पोखेका छन् ।

‘मन्त्रीज्यू ! फोन उठाउन पर्‍यो’, उनले आफ्नो फोनसमेत एक्समा राख्दै गृहमन्त्री लेखकलाई मेन्सनसहित लेखेका छन्, ‘निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री, बागमती प्रदेश ।’

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ८ : २२ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने