चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने « Khabarhub

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका लागि अनिवार्य सैन्य तालिमसम्बन्धी व्यवस्था गर्न लागेको खुलेको छ ।

चीनले अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने योजना अघि सारेको हो । चिनियाँ राष्ट्रिय जनकांग्रेसले यसबारे कानुन संशोधन गर्ने तयारी गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ प्रावधानअन्तर्गत चिनियाँ जनमुक्ति सेनाले विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।

सिद्धान्ततः चीनमा हरेक नागरिकले सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ, तर सन् १९४९ मा जनगणतन्त्र घोषणा भएयता यो व्यवस्था लागू भने गरिएको छैन ।

लामो समयदेखि चीनले लागू गरेको एक सन्तान नीतिका कारण त्यहाँ सेनामा सेवा गर्न चाहने जनशक्तिको अभाव रहेको बताइन्छ । आफूले पाएको एउटै सन्तानलाई सेनामा भर्ती गराउन परिवारले नमान्ने गरेका छन् ।

त्यसबाहेक एउटै सन्तानका रुपमा धेरै स्नेहका साथ हुर्किएका कारण उनीहरु शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कमजोर हुने समेत बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ३४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको