चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने « Khabarhub

चीनमा विश्वविद्यालयमा अध्ययन गर्नेले अनिवार्य सैन्य प्रशिक्षण लिनुपर्ने


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले विश्वविद्यालयमा अध्ययन गर्ने उमेर समूहका युवा युवतीका लागि अनिवार्य सैन्य तालिमसम्बन्धी व्यवस्था गर्न लागेको खुलेको छ ।

चीनले अनिवार्य सैन्य तालिमका साथै हाइस्कुलमा राष्ट्रिय रक्षा शिक्षा थप गर्ने योजना अघि सारेको हो । चिनियाँ राष्ट्रिय जनकांग्रेसले यसबारे कानुन संशोधन गर्ने तयारी गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार नयाँ प्रावधानअन्तर्गत चिनियाँ जनमुक्ति सेनाले विश्वविद्यालयमा गएर त्यहाँका विद्यार्थीलाई प्रशिक्षण दिनेछन् ।

सिद्धान्ततः चीनमा हरेक नागरिकले सेनामा सेवा गर्नुपर्ने व्यवस्था छ, तर सन् १९४९ मा जनगणतन्त्र घोषणा भएयता यो व्यवस्था लागू भने गरिएको छैन ।

लामो समयदेखि चीनले लागू गरेको एक सन्तान नीतिका कारण त्यहाँ सेनामा सेवा गर्न चाहने जनशक्तिको अभाव रहेको बताइन्छ । आफूले पाएको एउटै सन्तानलाई सेनामा भर्ती गराउन परिवारले नमान्ने गरेका छन् ।

त्यसबाहेक एउटै सन्तानका रुपमा धेरै स्नेहका साथ हुर्किएका कारण उनीहरु शारीरिक, मानसिक तथा भावनात्मक रुपमा कमजोर हुने समेत बताइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १० : ३४ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक