राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह | Khabarhub Khabarhub

राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न महासङ्घको आग्रह


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले राजमार्गको अवस्था हेरेर सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी विगत तीन दिनदेखि देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातमा ठूलो क्षति भएको भन्दै थप क्षति हुन नदिन बाटोको अवस्था बुझेर मात्र यातायात सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

“वर्षा रोकिए पनि राजमार्गमा सुक्खा पहिरोको जोखिम अझै कायम छ, गन्तव्य स्थानसम्म बाटोको अवस्था जानकारी लिएर मात्र सवारीसाधन सञ्चालन गर्नुहोला”, महासचिव गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,“सार्वजनिक सवारी सञ्चालन गर्दा आफ्नो सम्बन्धित कम्पनी, सुरक्षा निकायसँग समन्वय गरी मौसमको अवस्था हेरेर आवतजावत गर्न सम्पूर्ण यातायात व्यवसायी, स्वरोजगार र मजदुरलाई आग्रह छ ।”

यसैगरी महासङ्घले बाढीपहिरोका कारण देशका अधिकांश राजमार्गमा क्षति पुगेकाले चाँडो मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । “यस्तै बेपत्ता व्यक्तिको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र उपचारको व्यवस्था मिलाउन महासङ्घ सरकारसँग आग्रह गर्दछ । यस दुःखद घडीमा विपत्तिमा परेका यात्रु तथा जनताको उद्धार तथा राहतमा लाग्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारलाई हाम्रो आग्रह गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, दसैँका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेकाले राजमार्गलाई पूर्ण रूपमा मर्मतसम्भार गर्न र यातायात सेवालाई पूर्ववत् अवस्थामा सञ्चालन गर्ने वातावरण निर्माणमा लाग्न सरकारसँग महासङ्घले माग गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ११ : ०६ बजे

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

काठमाडौं– नेपाली टेबलटेनिसकै सर्वाधिक पुरस्कार राशि भएको स्ट्याग ग्लोबल च्याम्पियन्स

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

तेल अभिभ- इजरायली सेनाले गाजा पट्टीमा नयाँ आक्रमणका लागि ‘योजना’

ट्रम्प-पुटिन वार्ताअघि जेलेन्स्की र युरोपेली नेताले अनलाइन शिखर सम्मेलन गर्ने

बर्लिन- युरोपेली नेता तथा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति

नेकु जात्रा–मतया बसन्तपुरदेखि स्वयम्भूसम्म (तस्बिरहरू)

काठमाडौं– पाटनका नेवार समुदायको परम्परागत नेकु जात्रा–मतया बुँङ्गमती र स्वयम्भूमा

दक्षिण कोरियाली राष्ट्रपतिले ट्रम्पसँग शिखर सम्मेलनअघि जापानी प्रधानमन्त्रीसँग भेट गर्ने

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड