म्यानचेस्टर युनाइटेड ३-० ले पराजित | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेड ३-० ले पराजित


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपको आइतबार राति भएको खेलमा मयानचेस्टर युनाइटेडलाई टोटनहामले ३-० गोल अन्तरले पराजित गरेको छ।

भ्रमणकारी टोलीले शानदार प्रदर्शन गर्दै ओल्ड ट्रायफोर्डमा भएको खेलमा १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो। यो हारले प्रशिक्षक एरिक टेन हागमाथि दबाब समेत परेको छ।

खेलको तेस्रो मिनेटमा ब्रेना जोन्सनको गोलबाट टोटनहामको दबदबा सुरु भएको थियो। मिक्की भान डी भेनले बनाएको मुभमा जोन्सनले गोल गरेका थिए।

४२ औं मिनेटमा ब्रनो फर्नान्डेजले रातो कार्ड पाएपछि म्यानचेस्टर युनाइटेडलाई थप धक्का लागेको थियो। दोस्रो हाफको दोस्रो मिनेटमा नै डेजान भुलिभ्सेस्कीको गोलमा टोटनहामले अग्रतालाई दोब्बर पारेको थियो। नियमित समय सकिन १२ मिनेट बाँकी रहँदा डेभिड सोलान्कोले अर्को गोल थपे।

इङ्लिस प्रिमियर सिपकै अर्को खेलमा इप्सविच र एस्टनभिल्लाको खेलमा २-२ गोलको बराबरी भएको छ। इप्सविचको घरेलु भूमिमा भएको खेलमा लियाम डेलापले दुवै गोल गरेका थिए।

भिल्लाका लागि रोजर्स र वाटकिन्सले गोल गरे। आइतबारको खेलपछि टोटनहाम ८ औं स्थानमा छ भने म्यानचेस्टर युनाइटेड १२ औँ स्थानमा छ।

यसैगरी इप्सविच १५ औं स्थानमा छ। अस्टन भिल्ला भने तालिकामा अग्रता कायम गर्ने अवसरबाट चुकेको छ। १३ अङ्क भएको भिल्ला पाँचौँ स्थानमा छ। १५ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ६ : ३० बजे

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै

निर्वाचन पद्धति र प्रणालीबारे विवेचना हुन जरुरी छः सभामुख घिमिरे

काठमाडौं – सभामुख देवराज घिमिरेले शासकीय प्रणालीलाई प्रभावकारी र जनमुखी

इराकस्थित अमेरिकी सैन्य संरचनामा आक्रमण नगर्न बग्दादको आग्रह

बग्दाद – वासिङ्टनको सहयोगी इजरायल र इरानबीच झडप भइरहेका बेला