खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद | Khabarhub Khabarhub

खोटाङमा पहिरोले ३३ घर पुरिए, तराईसँग सम्पर्क विच्छेद


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ– अविरल वर्षासँगै आएको बाढी तथा पहिरोले खोटाङमा ३३ घर पुरिएका छन् भने दुईजना घाइते तथा ३८ घरमा आंशिक क्षति पुगेको छ ।

मानवीय क्षति नभए पनि करोडौँ मूल्य बराबरको क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

‘बाढी तथा पहिरोले जिल्लामा ठूलो क्षति पुगेको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन’, उनले भने, ‘दश स्थानीय तह रहेको खोटाङमा बाढी तथा पहिरोबाट दुईजना घाइते भएका छन् भने १८ वटा पशुचौपाया मरेका छन् । विस्थापितहरुको उद्धारमा तीनै सुरक्षा निकायका टोली परिचालन गरेका छौँ ।

बाढी तथा पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि आइतबार साँझ जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’सहितको उपस्थितिमा आयोजित बैठकमा क्षतिको विवरण तत्काल सङ्कलन गरी चाँडोभन्दा चाँडो राहत उपलब्ध गराउने निर्णय भएको छ ।

बाढी तथा पहिरोले घर बगाएर विस्थापित बनेका १३५ स्थानीयवासीलाई नजिकको विद्यालय तथा आफन्तकोमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

‘बाढी तथा पहिरोले एउटा पक्की बगाउनाका साथै पाँचवटा झोलुङ्गे पुलमा क्षति गरेको जानकारी प्राप्त भएको छ । उद्धारमा खटिएका प्रहरीहरु अझै फिल्डमै छन्’, उनले भने, ‘जिल्लामा भएको क्षतिको विवरण यो नै पूर्ण होइन । अहिलेसम्म विकासे योजनाबाहेक मानिसका घरमा मात्र ७९ लाख ९९ हजार रुपैयाँ बढीको क्षति भएको जानकारी प्राप्त भएको छ । थप विवरण आउन बाँकी छ ।’

बाढीका कारण खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पक्की पुल बगाएको छ । खोटाङ र उदयपुर जोड्ने बङ्शिलाघाट, ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित कम्फुघाट, खोटाङ र उदयपुरकै धाप्लाङघाट, जन्तेढुङ्गा गाउँपालिका–१ रमिते र उदयपुर जोड्ने मैनाटार तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारेघाटको झोलुङ्गे पुल बगाएको छ ।

विसं २०७९ मा निर्माण सम्पन्न गरेर सञ्चालन गरिएको फोक्सिङटारको पक्की पुल तथा अन्य पाँच झोलुङ्गे पुलहरु शनिबार दिउँसोको बाढीले बगाएको हो ।

फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क डिजाइन’को उक्त पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ७ : ५६ बजे

अवरुद्ध राजमार्ग खुल्न थाले, बीपी राजमार्ग अझै अनिश्चित

काठमाडौं– गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण अवरुद्ध राजमार्गहरू

प्रि ओपन सेसन : २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.१९ अंकले

बाढीपहिरो पीडितलाई एनआरएनएको सहयोग घोषणा

लण्डन– लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो

हेटौँडा–काठमाडौं र हेटौँडा–धरान सडक खुल्यो

मकवानपुर– वर्षासँगै पहिरो खसेर अवरुद्ध भएका सडकमध्ये मकवानपुरको हेटौँडा–काठमाडौँ र

लिग-२ : नेपालले कसरी खेल्नसक्छ २०२७ को विश्वकप ?

विश्वकप लिग-२ का सुरुवाती खेलमा कमजोर प्रदर्शन गरिरहेको नेपालले सन्