जहाजको अधिकतम भाडा नलिने भन्दै वायुसेवा सञ्चालकले झुक्याए, झुटो प्रचार गर्दै मन्त्री « Khabarhub

जहाजको अधिकतम भाडा नलिने भन्दै वायुसेवा सञ्चालकले झुक्याए, झुटो प्रचार गर्दै मन्त्री


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वायुसेवा सञ्चालक संघले अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्याएको छ ।

आइतबार संघले असोज १६ गतेसम्म सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।

शुक्रबार र शनिबारको बाढीले सडक सञ्जाल अवरुद्ध रहेको समयमा जहाजका दुईदेखि तीन दिनको टिकट अग्रिम बुकिङ भइसकेको छ । यो अवस्थामा संघले तीन दिन अधिकतम मूल्यमा टिकट नबेच्ने भन्दै उपभोक्तालाई झुक्याए हो ।

अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेबसाइटहरूमा पनि असोज १६ गतेसम्मका कुनै पनि टिकट उपलब्ध छैनन् ।

वायुसेवा कम्पनी यती एयरलाइन्सको वेबसाइटमा असोज १६ गते काठमाडौंदेखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ ।

यसअघि सामान्य अवस्थामा यतीले यही रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै ईसेवाबाट हेर्दा असोज १७ गतेका लागि ६ हजार २२२ रुपैयाँ टिकटदर देखाएको छ ।

संकटको अवस्था र चाडपर्वको मुखमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको यो पहिलो होइन । हरेक वर्ष चाडपर्वमा हवाई भाडादर आकाशिने गरेको पाइन्छ । तर सरकार र नियामक निकाय रमिते बनेका छन् ।

संघले आइतबार भनेको थियो, ‘सबै वायुसेवा कम्पनीले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म सरकारले तोके बमोजिम लिँदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरियो।’

अर्कोतर्फ संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालयमार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको झूटो प्रचार गराए । तर आमयात्रुले असोज १६ गतेसम्मका टिकट नै पाएका छैनन् । त्यसको ख्याल नै नगरी मन्त्री स्वयम् गलत प्रचार गर्दै हिँडेका छन् ।

मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो, ‘संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।’

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आइतबार बसेको बैठक पछि हवाई कम्पनीको संस्था वायुसेव सञ्चालक संघले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेको बताएका थिए ।

शुक्रबार र शनिबारको बाढी पहिरोको विपद्का कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय भएको संघले जनाएको थियो । तर उसको निर्णय केवल देखावटी र कागजी मात्रै भएको पुष्टि उनीहरूले नै गरेका छन् ।

विपद्का बेला राजमार्ग बन्द रहँदा यात्रु अफ्टयारो परेको फाइदा उठाउँदै वायुसेवा सञ्चालकले लुटको धन्दा चलाएको आरोप लागिरहेको छ । यसबीचमा तोकिएको अधिकतम दरमा टिकट बिक्री गर्दा सर्वधारणलाई समस्या भएको गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो । तर उसको यो कदम केबल देखावटी र कागजी मात्रै भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ५४ बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार