नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू) « Khabarhub

नदी किनारका यी प्लास्टिकले गिज्याउँदैछन् उपत्यकाबासीलाई (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही शुक्रबार शनिबार काठमाडौं उपत्यकामा बागमतीसहितका नदीले विनाश र विपद्को ठूलो चोट दिएर गए ।

उर्लिएर अहिलेसम्मकै विशाल स्वरुपमा आएका बागमती, विष्णुमती, हनुमन्ते, बल्खु र मनोहरासहितका खोलाले गरेको क्षतिको यकीन विवरण आइसकेको छैन ।
धनजनको ठूलो क्षति गर्ने क्रममा बाढीले नदी किनारका बस्तीबारे पनि प्रश्न उठाइदिएको छ ।

बाढीले नदी किनारका सुकुम्बासी बस्तीलाई लिएर राजनीतिक एक पटक फेरि ध्रुवीकरण चुल्याएको छ ।

बाढीले उपत्यकाबासीको दैनिकी र सर्वोच्च अदालतले थप २० मिटर छाड्नुपर्ने गरी दिएको फैसलालाई पनि बहसमा ल्याएको छ ।

यिनै नदीमा आइतबार र सोमबार बहाव कम भएको छ । बागमतीले बाढीका क्रममा आफूमा समाहित गरेका फोहोर अहिले हाम्रो असभ्य र प्रकृतिविरोधी व्यवहारको ऐना बनाएर छोडिदिएको छ ।

अहिले खोला किनारमा बनेका करिडोर र पार्कमा प्लास्टिकहरू यत्रतत्र अड्किएका छन् । कतिपय प्लास्टिकले रुख र विरुवा छोपेका छन् ।

सप्तकोशीले प्लास्टिकका बोतलहरू बाँधमा ल्याएर थुपारिदिए जस्तै उपत्यका खोला किनारमा प्लास्टिकको थुप्रो यत्रतत्र गिज्याएर बसेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : १५ बजे

रसुवाका चार सुरुङमा उद्धारको कठिन परीक्षा : तीनवटामा सेनाले आश मार्‍यो, एउटामा अझै संघर्ष

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

सरकार उद्धारमा असफल भयो भन्ने जनगुनासो छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति भएको छ : मन्त्री पौडेल

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले रसुवा बाढीबाट पर्यटन

रुसले इरानलाई सुपरसोनिक मिसाइलमा सघाउँदै !

एजेन्सी– रुसले इरानलाई उन्नत सुपरसोनिक क्रुज मिसाइल विकास गर्न गोप्य

सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले