‘बेहुली फ्रम मेघौली’ : स्वस्तिमालाई यसरी तान्यो स्क्रिप्टले « Khabarhub

‘बेहुली फ्रम मेघौली’ : स्वस्तिमालाई यसरी तान्यो स्क्रिप्टले


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका स्वस्तिमा खड्काको डेब्यू निर्माण रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउँदै छ ।

आफ्नो पहिलो निर्माण रहेकाले  उत्साहसाथ प्रचारमा व्यस्त रहेको फिल्मकी नायिका एवम् निर्माता स्वस्तिमा बताउँछिन् ।

प्रचारका क्रममा उनले यस फिल्ममा जोडिएको घटनाबारे सेयर गरेकी छन् ।

फिल्मको नाम टुङ्गो नलाग्दै लेखक/निर्देशकद्वय साजन बराल र आकाश काफ्लेले उनलाई भेटेका थिए ।

लेखकद्वयले नारीप्रधान फिल्म भनेर आफूलाई प्रस्ताव गरे पनि पूरा स्क्रिप्ट पढ्दा कथा रमाइलो लागेको उनी बताउँछिन् ।

भन्छिन्, ‘नारीप्रधान फिल्म भनेकाले परम्परागत रोनाधोना भएको कथा होला भन्ने लागेको थियो ।  स्क्रिप्ट पढेपछि यो त रमाइलो कथा बोकेको फिल्म रहेछ ।’

उनलाई यो फिल्म परम्परागत हो कि ? भन्ने शंका लाग्नुको कारण यसअघि पढेका स्क्रिप्ट हुन् । भन्छिन्, ‘कसैले नारीप्रधान सिनेमा छ है भन्यो भने अलि दुखको कथा आइरहेको हुन्छ । यस फिल्ममा निर्देशकले कथाबारे भन्नुभएको थिएन । मात्र नारी प्रधान भन्नुभएको थियो । त्यही सोचेर म स्क्रिप्ट पढ्न बसेकी थिएँ । यो त नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने फिल्म रहेछ ।’

अहिलेको अवस्थामा यो फिल्मलाई नारीप्रधानमात्रै भन्दा अपुग हुने उनको बुझाइ छ । उनी आग्रह गर्छिन्, ‘नारीप्रधानभन्दा एक समूहको मात्रै लक्षित हुनसक्छ । यो चाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने फिल्म हो । एउटा खास विषयलाई उठान गरेर मनोरञ्जन भरिएको फिल्म हो, बेलुही फ्रम मेघौली ।’

स्वस्तिमाका अनुसार फिल्म, लगभग ३० वर्ष पुग्न लागेको युवतीको विवाह वरपरको कथामा फिल्म बनेको छ । विवाहलाई लिएर ती युवतीमाथि पर्ने सामाजिक र पारिवारिक दबाब फिल्मको मुख्य घटना हो ।

यस फिल्ममा स्वस्तिमासँग उनका श्रीमान् एवम् निर्देशक निश्चल बस्नेतले स्क्रिन सेयर गरेका छन् । उनी फिल्मको मुख्य पात्र रहेको बताइएको छ ।

हलबाट दर्शकले रित्तो दिमागमा फर्किनुहुन्न भन्ने मान्यतालाई यस फिल्मले पूरा गर्नेमा निश्चल आशावादी छन् ।

उनी दाबी गर्छन्, ‘म सिनेमा हेर्न हलमा गएपछि फर्किंदा दर्शकले केही लिएर फर्किउन् भन्ने चाहन्छु । यसमा पनि यस्तै केही चिज छ ।’

यस फिल्ममा निश्चल र स्वस्तिमासहित वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा लगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मको निर्माणमा स्वस्तिमालाई निश्चलले सघाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ०९ बजे

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर

विज्ञान र नवप्रवर्तनलाई प्राथमिकता, १६५ कानून निर्माणको लक्ष्य

नारायणगढ– विज्ञान, प्रविधि तथा नवप्रवर्तनको विकास र मुलुकको समृद्धिका लागि

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

सर्लाही– बागमती नगरपालिका–१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १६

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा