‘बेहुली फ्रम मेघौली’ : स्वस्तिमालाई यसरी तान्यो स्क्रिप्टले « Khabarhub

‘बेहुली फ्रम मेघौली’ : स्वस्तिमालाई यसरी तान्यो स्क्रिप्टले


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नायिका स्वस्तिमा खड्काको डेब्यू निर्माण रहने फिल्म ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते घटस्थापनाबाट प्रदर्शनमा आउँदै छ ।

आफ्नो पहिलो निर्माण रहेकाले  उत्साहसाथ प्रचारमा व्यस्त रहेको फिल्मकी नायिका एवम् निर्माता स्वस्तिमा बताउँछिन् ।

प्रचारका क्रममा उनले यस फिल्ममा जोडिएको घटनाबारे सेयर गरेकी छन् ।

फिल्मको नाम टुङ्गो नलाग्दै लेखक/निर्देशकद्वय साजन बराल र आकाश काफ्लेले उनलाई भेटेका थिए ।

लेखकद्वयले नारीप्रधान फिल्म भनेर आफूलाई प्रस्ताव गरे पनि पूरा स्क्रिप्ट पढ्दा कथा रमाइलो लागेको उनी बताउँछिन् ।

भन्छिन्, ‘नारीप्रधान फिल्म भनेकाले परम्परागत रोनाधोना भएको कथा होला भन्ने लागेको थियो ।  स्क्रिप्ट पढेपछि यो त रमाइलो कथा बोकेको फिल्म रहेछ ।’

उनलाई यो फिल्म परम्परागत हो कि ? भन्ने शंका लाग्नुको कारण यसअघि पढेका स्क्रिप्ट हुन् । भन्छिन्, ‘कसैले नारीप्रधान सिनेमा छ है भन्यो भने अलि दुखको कथा आइरहेको हुन्छ । यस फिल्ममा निर्देशकले कथाबारे भन्नुभएको थिएन । मात्र नारी प्रधान भन्नुभएको थियो । त्यही सोचेर म स्क्रिप्ट पढ्न बसेकी थिएँ । यो त नारीप्रधान हुँदाहुँदै पनि यो व्यवसायिक र दर्शकले रमाइलो लिने फिल्म रहेछ ।’

अहिलेको अवस्थामा यो फिल्मलाई नारीप्रधानमात्रै भन्दा अपुग हुने उनको बुझाइ छ । उनी आग्रह गर्छिन्, ‘नारीप्रधानभन्दा एक समूहको मात्रै लक्षित हुनसक्छ । यो चाँहि व्यवसायिक पक्ष भएको परिवारसँग गएर हेर्ने फिल्म हो । एउटा खास विषयलाई उठान गरेर मनोरञ्जन भरिएको फिल्म हो, बेलुही फ्रम मेघौली ।’

स्वस्तिमाका अनुसार फिल्म, लगभग ३० वर्ष पुग्न लागेको युवतीको विवाह वरपरको कथामा फिल्म बनेको छ । विवाहलाई लिएर ती युवतीमाथि पर्ने सामाजिक र पारिवारिक दबाब फिल्मको मुख्य घटना हो ।

यस फिल्ममा स्वस्तिमासँग उनका श्रीमान् एवम् निर्देशक निश्चल बस्नेतले स्क्रिन सेयर गरेका छन् । उनी फिल्मको मुख्य पात्र रहेको बताइएको छ ।

हलबाट दर्शकले रित्तो दिमागमा फर्किनुहुन्न भन्ने मान्यतालाई यस फिल्मले पूरा गर्नेमा निश्चल आशावादी छन् ।

उनी दाबी गर्छन्, ‘म सिनेमा हेर्न हलमा गएपछि फर्किंदा दर्शकले केही लिएर फर्किउन् भन्ने चाहन्छु । यसमा पनि यस्तै केही चिज छ ।’

यस फिल्ममा निश्चल र स्वस्तिमासहित वसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा लगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को संयुक्त ब्यानरमा बनेको यस फिल्मको निर्माणमा स्वस्तिमालाई निश्चलले सघाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ३ : ०९ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु