अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट « Khabarhub

अखिल क्रान्तिकारीको सम्मेलनस्थलमा कुर्सी हानाहान र कुटाकुट


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ नेतृत्वलाई लिएर नेकपा मा‌ओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा विवाद बढ्दै गएको छ ।

काठमाडौंको कीर्तिपुरमा जारी राष्ट्रिय सम्मेलनको बन्दसत्रमा उमेरहदको विषयलाई लिएर क्रान्तिकारी फरक फरक समूहबीच हानाहान भएको हो ।

अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि दीपेश पुन, पवन कार्की र नरेश रेग्मीसहितका विद्यार्थी नेताहरू दौडमा छन् ।

यस्तोमा उनीहरूलाई माओवादीका कुनै न कुनै पदाधिकारीले साथ दिएका छन् । गुटगत विवाद बढ्दै जाँदा क्रान्तिकारीको सम्मेलनस्थल कीर्तिपुरमा उमेर हदको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको हो ।

सार्वजनिक भएको एउटा भिडियोमा दुई समूहबीच घम्साघम्सी चलिरहेको छ। सुरक्षाका लागि तैनाथ प्रहरीले छुटाउन खोजे पनि ठूलो भिडबीचको घम्साघम्सी मिलाउन मुस्लिक परेको देख्न सकिन्छ । भिडबाट बाहिरका विद्यार्थी हान्, हान्, हान् भनिरहेको भिडियोमा सुन्न सकिन्छ ।

सम्मेलन उद्घाटनका क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरूलाई उमेरहदबारे बताएका थिए । उनले खुमलटारमै नेताहरूलाई डाकेर २८, ३० र ३२ वर्षे उमेरहदको विकल्पमा मतदानबाट निर्णय गर्न भनेका थिए ।

प्रचण्डले उमेर हदबन्दी लगाउने-नलगाउने निर्णय मतदानमार्फत टुंग्याउन भनेपछि सम्मेलन उद्घाटन गरेर बन्दसत्र थालिएको थियो । तर चार दिन हुँदा पनि क्रान्तिकारीको सम्मेलन सकिनेभन्दा किचलोतिर गएको हो ।

बन्दसत्रमा उमेरहदबारे मतदान गर्ने-नगर्ने विषयमा छलफ चलिरहेका बेला दुई गुटबीच बढेको विवादले कुर्सी हानाहान र ठेलाठेल भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार एकजना विद्यार्थी प्रतिनिधिले विवादका क्रममा चक्कु नै निकालेका थिए । क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा उमेर हदबन्दीले नयाँ विवाद जन्माएको छ ।

आइतबार पनि यसबारे विवाद भएको थियो । एउटा पक्षले उमेरहद लगाउन मागसहित सम्मेलनस्थलमा नाराबाजी गरे । तर अर्को गुटका विद्यार्थी उमेरहदको विवक्षमा उभिँदा तनाव भएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  २ : ५८ बजे

बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना

काठमाडौं– गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?

काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार

बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव

काठमाडौं– सरकारले बाँदर तथा अन्य वन्यजन्तुले कृषि बालीनालीमा पुर्‍याइरहेको क्षति

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’

बरहथवा– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद्

प्रक्रिया सुरु नहुँदै रोकियो स्वास्थ्य निकायका रिक्त पदाधिकारीको नियुक्ति

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा