खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू) « Khabarhub

खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कटान गर्दा बीपी राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै घर फर्किन र काठमाडौंतिर जान थालेका छन् ।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्म विभिन्न स्थानको सडक कटान र पहिरोले अवरुद्ध भएपछि फसेका यात्रु पैदलै फर्किन थालेका हुन् ।

तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।

उनीहरूले सडक खोल्न ढिलाइ भइरहेको पनि गुनासो गरेका छन् । काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका बाढी र पहिरोबाट धेरै प्रभावित भएका छन् ।

बीपी राजमार्गमा अहिले पनि सयौँ यात्रु बीच बाटोमै तीन दिनदेखि अलपत्र परेका छन् ।

बाढी र पहिरोले तीन दिनसम्म सडक अवरुद्ध भएपछि राजमार्गमा फसेकाहरू पैदलै फर्केका हुन् । उनीहरूले सहज रुपमा पानी र खाना कहीँ नपाएको बताएका छन् ।

राजमार्गमा अलपत्र यात्रुलाई उद्धार गर्न आइतबार बिहानबाट नेपाली सेनाले खाद्यान्नसहितका सामग्री हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो ।

तर हेलिकप्टरबाट हजारौँ यात्रुको उद्दार सम्भव भएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगिसकेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : २९ बजे

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने