खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू) « Khabarhub

खुलेन बीपी राजमार्ग, भोकैतिर्खै पाइला नाप्दै यात्रु (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


741
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- अविरल वर्षाका कारण आएको बाढी र पहिरोले कटान गर्दा बीपी राजमार्ग अवरुद्ध छ । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरू पैदलै घर फर्किन र काठमाडौंतिर जान थालेका छन् ।

काभ्रेको पात्लेखेतदेखि नेपालथोकसम्म विभिन्न स्थानको सडक कटान र पहिरोले अवरुद्ध भएपछि फसेका यात्रु पैदलै फर्किन थालेका हुन् ।

तीन दिनसम्म पनि सडक खुल्न नसकेपछि बाध्य भएर पैदलै फर्किनुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।

उनीहरूले सडक खोल्न ढिलाइ भइरहेको पनि गुनासो गरेका छन् । काभ्रेको १३ वटा स्थानीय तहमध्ये रोशी गाउँपालिका, पनौती नगरपालिका, तेमाल गाउँपालिका र बेथानचोक गाउँपालिका बाढी र पहिरोबाट धेरै प्रभावित भएका छन् ।

बीपी राजमार्गमा अहिले पनि सयौँ यात्रु बीच बाटोमै तीन दिनदेखि अलपत्र परेका छन् ।

बाढी र पहिरोले तीन दिनसम्म सडक अवरुद्ध भएपछि राजमार्गमा फसेकाहरू पैदलै फर्केका हुन् । उनीहरूले सहज रुपमा पानी र खाना कहीँ नपाएको बताएका छन् ।

राजमार्गमा अलपत्र यात्रुलाई उद्धार गर्न आइतबार बिहानबाट नेपाली सेनाले खाद्यान्नसहितका सामग्री हेलिकप्टरमार्फत उपलब्ध गराएको थियो ।

तर हेलिकप्टरबाट हजारौँ यात्रुको उद्दार सम्भव भएको छैन । काभ्रेमा मात्रै बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ५४ पुगिसकेको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : २९ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार