पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू) « Khabarhub

पहिरोमा पुरिएका ६ फुटबलरको एकसाथ अन्तिम बिदाइ (तस्बिरहरू)


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ स्थित वल्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका ६ जना किशोर फुटबलरको सोमबार दाहसंस्कार गरिएको छ।

गत शनिबार बिहान पहिरोमा पुरिएर ज्यान गुमाएका ६ किशोर फुटबलरको पशुपति आर्यघाटमा एकसाथ दाहसंस्कार गरिएको हो ।

कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवर भरिएर शनिबार बिहान जलाशयका दुवै ढोका खोलिएपछि विद्यालयको छात्रावासबाट सुरक्षितस्थलतर्फ सार्न खोज्दा उनीहरू पहिरोमा पुरिएका थिए ।

खोजबिनका क्रममा उनीहरू सबैजना किशोर फुटबलरको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर ज्यान गुमाउनेमा मकवानपुरका अनुप घलान, विवश बाँनिया, आदित्य बलम्पाकी, सर्लाहीका प्रियांक आचार्य, बाराका विकल रेग्मी र काठमाडौंका साइमन योञ्जन थिए ।

मकवानपुरको वल्सलादेवी माविमा सञ्चालित एन्फा एकेडेमीमा अध्ययनसँगै ज्यान गुमाएका ६ जनासहित ४० किशोर बन्द प्रशिक्षणमा रहेका थिए ।

अन्डर १३ समूहका ४० जना किशोरलाई अखिल नेपाल फुटबल संघ एन्फाले गत जेठ महिनादेखि सिस्नेरीस्थित वत्सलादेवी माविको छात्राबासमा बन्द प्रशिक्षणमा राखेको थियो ।

ती ६ जना खेलाडीको पशुपतिमा दाहसंस्कार गरिएको हो । उनीहरूको पार्थिव शरीरमा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालको झण्डा र एन्फा अध्यक्षले संस्थाको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको