बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल | Khabarhub Khabarhub

बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी पहिरोमा बेपत्ता हुनेहरूको तत्काल खोजी कार्य अघि बढाउन सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

संस्थाले अविरल वर्षाका कारण बाढी पहिरो र डुबानका घटनाले पुर्याएको धनजनको क्षतिका कारण स्तब्ध भएको विज्ञप्तीमार्फत जनाएको छ ।

सहकारी संस्थाले बाढी पहिरोका घटनामा परी कतिपयले ज्यान गुमाएको र धेरै बेपत्ता भएकाले राहत र उद्धारमा जुट्न सरकार र सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

प्रतिकूल मौसमका कारण हताहती भएकाहरूको उद्धार र राहतका कार्यक्रममा संलग्न नेपाल सरकारका सुरक्षा निकाय, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, सामाजिक र सहकारी संघ संस्थाका प्रतिनिधिहरू लगायत उद्धार तथा राहत कार्यमा जुट्ने सम्पूर्णप्रति आभार प्रकट गरेको छ ।

आगामी दिनमा आइपर्ने प्राकृतिक विपदमा सबैले आ- आफ्नो तर्फबाट सक्दो सहयोग गर्न समेत विज्ञप्तीमार्फत अपिल गरिएको छ । 

‘बाढी पहिरो र प्राकृतिक विपदका कारणबाट भएको क्षति संकलन भइरहेको सन्दर्भमा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. र यसको सञ्जालमा रहेका सदस्य संस्था, सदस्य किसान वा व्यवसायमा के कति क्षति पुगेको छ त्यसको विवरण सम्वन्धित संघ, संस्था र संस्थाका अध्यक्ष, प्रबन्धकहरूलाई यस संस्थामा जानकारी गराउनुहुन समेत हार्दिक अनुरोध गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ५ : ५९ बजे

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको

मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल एक

पाँचथरमा बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

पाँचथर – पाँचथरको हेवा खोलामा बन्दै गरेको बेलिब्रिज खस्दा घाइते

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

प्रतिनिधिसभा बैठक बस्दै, पानीजहाज विधेयक टेबुल गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक