जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन « Khabarhub

जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरधामका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । मापदण्ड विपरीत सञ्चालित मासु पसलको कारण स्थानीय माछा बजार, रेल्वे स्टेशन, पिराडी चोक लगायतको स्थान दुर्गन्धित बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी प्रभाकर झाका अनुसार मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसलको दर्ता नरहेको पाइएको हो ।

उनले मासु काट्ने अचानो झिँगाले भरिएको, जताततै फोहरको डङ्गुर जस्ता समस्या देखिए पनि ऐन अभावमा कारबाही गर्न नसकिएको बताए । “जनकपुरधाम उपमहानगरपालिकामा रहेकामध्ये ५० प्रतिशतभन्दा बढी मासु पसल अवैध छन्”, उनले भने ।

यहाँ सञ्चालनमा रहेको मासु पसलको यकिन तथ्याङ्क नभए पनि अधिकांश पसल अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेको झाले बताए । उपमहानगरपालिकाभित्र अनुमानित एक सयभन्दा बढी सङ्ख्यामा मासु पसल सञ्चालनमा छन् । सोमध्ये केही खुला रुपमै बिक्री वितरण हुँदै आएको छ । “कारबाही गर्ने अधिकार स्थानीय तहलाई छ तर मासु जाँच ऐन २०५५ परिमार्जन नभएकोले कारबाही गर्न सकिएको छैन”, उनले भने ।

ऐन परिमार्जनबारे तीनै तहको सरकारबीच छलफल भएको प्रमुख झाले जानकारी दिए । सरसफाइ अभावमा विभिन्न प्रकारका सरुवा रोग फैलिने सम्भावना बढेको उपभोक्ता हित संरक्षण मञ्च धनुषाका अध्यक्ष बटुकनाथ झाको गुनासो छ ।

अखाद्य वस्तु खुवाएर जनताको स्वास्थ्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नभएकोले सम्बन्धित निकाय तत्काल गम्भीर हुन जरुरी रहेको सामाजिक अभियन्ता अमितकुमार ठाकुर बताउँछन् ।

“माछामासु पसल उपभोक्ताको हित विपरीत सञ्चालनमा छन् । यसले सिधै मानव स्वास्थ्यमा असर परिरहेको छ”, ठाकुरले भने, “स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिनुका साथै माछामासु पसलका लागि व्यवस्थित बजार र पशुवधशालाको व्यवस्था गर्नुपर्छ ।”

भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख डा सञ्जिवकुमार ठाकुरले न्यूनतम मापदण्ड पूरा नगरी माछा तथा पशुपक्षीका मासु बिक्री गर्ने पसल सञ्चालनमा रहेको स्वीकार गरे ।

नगरपालिकाले नियमित अनुगमन गरेर न्यूनतम मापदण्ड पूरा नगर्ने मासु पसललाई कारबाही गर्न अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । “हामीले नियमित अनुगमन गर्दै आएका छौँ, तर प्रभावकारी नभएकाले उपभोक्ता सचेत हुनुको विकल्प छैन”, डा ठाकुरले भने ।

अस्वस्थकर मासु खुवाएर जनताको स्वास्थ्यमा खेलबाड गर्ने मासु व्यापारी तथा व्यवसायीको पसल बन्द हुनुपर्ने अर्का पशु विज्ञ डा पवनकुमार झा बताउँछन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ८ : २६ बजे

छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा छ : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको समस्याको समाधान

इंग्ल्याण्डले नेपाललाई दियो १८५ रनको लक्ष्य

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको

आदिवासी जनजातिको हकहित स्थापित गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले आदिवासी जनजाति समुदायको हकहित र अधिकार

अन्तर्राष्ट्रिय डेरी एक्पो भरतपुरमा शुरु

काठमाडौं– चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्पो शुरु भएको छ ।  

इंग्ल्याण्डको छैठौँ विकेट पतन, नन्दन यादवले लिए ह्यारी ब्रुकको विकेट

काठमाडौं- आईसीसी टी–२० विश्वकप अन्तर्गत अहिले नेपालले इंग्ल्याण्डको सामना गरिरहेको