हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु « Khabarhub

हेलेन आँधीमा परेर अमेरिकामा १२८ जनाको मृत्यु


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

क्यारोलिना – अमेरिकामा हेलेन आँधीका कारण मर्नेको सङ्ख्या १२८ नाघेको छ। यो सङ्ख्या अझ बढ्दै जान पनि सक्ने अनुमान गरिएको छ।

नर्थ क्यारोलिनामा ५८, साउथ क्यारोलिनामा ३०, जर्जियामा २५, फ्लोरिडामा ११, टिनेजमा ४ तथा भर्जिनियामा २ जनाको ज्यान गएको हो।

हेलेनको यो वितण्डापछि पश्चिम क्यारेबियन तथा ‘गल्फ अफ मेक्सिको’ बाट नयाँ आँधीको सम्भावना समेत देखिएको छ। त्यो आँधी हेलेन जस्तै शक्तिशाली नहुने अनुमानसमेत गरिएको छ।

बाढीले पछिल्लो समय नर्थ क्यारोलिनामा असर गरेको हो। नर्थ क्यारोलिनामा संरचना भत्किएका छन्। अस्पतालको अवस्थासमेत सहज छैन। नर्थ क्यारोलिनाको पश्चिमी भागमा अझ बढी क्षति भएको त्यहाँका गभर्नर रोय कुपरले बताएका छन्। उनले अहिले ध्वस्त भएका संरचना तयार हुन धेरै वर्ष लाग्ने बताएका छन्।

पेन्टागनले सोमबार जनाए अनुसार पूर्वी तटीय क्षेत्रमा रहेका हजारौँ सुरक्षाकर्मीलाई नयाँ स्थानमा जानका लागि भनिएको छ।

फ्लोरिडामा मात्र ३५ सय सुरक्षाकर्मी र ११ वटा हेलिकप्टर तैनाथ गरिएको थियो। जर्जियामा उद्धारका लागि आठ सय जना खटाइएको थियो भने साउथ क्यारोलिनामा ६ सय जना खटाइएको थियो।

अमेरिकी राष्ट्रपति जो वाइडेनले हेलेन आँधीबाट प्रभावितलाई सम्बोधन गर्दै आफू त्यहाँका नागरिकको पक्षमा रहेको जनाएका छन्। उनले यसै साताको अन्त्यमा प्रभावित क्षेत्रमा भ्रमण गर्ने जनाएका छन्।

आँधीले अमेरिकाको चुनावी कार्यक्रमलाई समेत प्रभाव पारेको छ। निर्वाचनमा प्रतिस्पर्धी दुवै उम्मेदवार अन्य मुद्दा छाडेर हेलेन आँधीबाट प्रभावितको पक्षमा उभिएका छन्।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ६ : ४५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।