अखिल क्रान्तिकारीले उमेर हदको विवाद आज मतदानबाट टुङ्ग्याउँदै « Khabarhub

अखिल क्रान्तिकारीले उमेर हदको विवाद आज मतदानबाट टुङ्ग्याउँदै


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले उमेर हद बारेको विवाद मतदानबाट टुङ्गो लगाउने भएको छ ।

आज मध्याह्न १२ बजेपछि मतदान प्रक्रिया सुरु गर्ने तयारी रहेको क्रान्तिकारीका नेताहरूले बताएका छन् ।

अखिल (क्रान्तिकारी)ले उमेर हदको विवाद टुङ्गो लगाएपछि बुधबार नेतृत्वका लागि निर्वाचन हुने बताइएको छ ।

बिहीबारदेखि सुरु भएको महाधिवेशनमा उमेर हद लागू गर्नुपर्ने आवाज उठेपछि माओवादी केन्द्रले हलबाटै उमेर हदको विवाद टुङ्ग्याउन निर्देशन दिएको थियो ।

सोमबार मतदानको प्रक्रिया सुरु गर्ने भनिए पनि निवर्तमान उपाध्यक्ष तुकमान महरा नेतृत्वको टोलीले हंगामा गरेर कुर्सी हानाहान गरेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो ।

अखिल (क्रान्तिकारी)मा नेताहरूको उमेर हद २८, ३० वा ३२ वर्ष राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागू भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरूको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ ।

अहिले क्रान्तिकारीको नेतृत्वको लागि  इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।

यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल (क्रान्तिकारी)ले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : ५० बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित