बाढीले बेहाल बागमतीको सुकुम्बासी बस्ती (तस्बिरहरू) « Khabarhub

बाढीले बेहाल बागमतीको सुकुम्बासी बस्ती (तस्बिरहरू)


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती शुक्रबार र शनिबारको बाढीका कारण बेहाल अवस्थामा पुगेको छ ।

बाढी आएको चार दिन भइसक्दा पनि यो बस्ती तंग्रिन सकेको छैन । बाढीले यो बस्तीका बासिन्दाको छाप्रोसहित भौतिक सामान डुबानमा परेर कामै नलाग्ने भएका छन् ।

मंगलबार खबरहब संवाददाता उक्त सुकुम्बासी बस्तीमा पुग्दा बाढीले जताततै बेहाल बनाएको दृश्य देखिन्थ्यो । बाढीले छाप्रा भत्काइदिएकाहरू बाँस जुटाएर मर्मतमा जुटिरहेका देखिन्थे भने अन्यहरू बाढीले भिजेर पनि जोगिएका लुगासहितका सामान स्याहारिरहेका थिए ।

बागमती नदी किनारसँगै जोडिएको यो बस्तीका केही छाप्रा बाढीले बगाएरसमेत लगेको थियो । अहिले यहाँका बासिन्दाहरू बचेखुचेका छाप्रा र त्यहाँ रहेका सामान स्याहार्न जुटेका छन् ।

सर्वोच्च अदालतले यसअघि नै नदी किनारका सुकुम्बासी बस्तीलाई सुविधायुक्त अन्य ठाउँमा सार्न भनिसकेको छ । तर अझैसम्म सरकारले बागमतीसहितका नदी किनारका बस्ती सार्ने पहल गर्न सकेको छैन ।

काठमाडौं महानगरपालिकाले सार्ने कोसिस गरे पनि संघीय सरकारले असहयोग गरेको गुनासो गरिरहेको छ।

यसअघि १२ मंसिर २०७९ मा यहाँको सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोज्दा हिंस्रक झडप नै भएको थियो ।

सुकुम्बासीहरूले घरेलु हतियारसहित प्रतिकार गर्दा महानगरका कयौँ नगर प्रहरी घाइतेसमेत भका थिए । काठमाडौं महानगरको टोली डोजर लिएर बस्ती हटाउन पुग्दा सबै शक्तिसहित सुकुम्बासीहरू प्रतिकारमा उत्रिएका थिए । त्यसयता महानगरले पनि यी बस्ती हटाउने अर्को पहल गरेको छैन ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  २ : ४२ बजे

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै