कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ | Khabarhub Khabarhub

कांग्रेस दलको बैठकमा बाढीपहिरोको क्षतिबारे गृहमन्त्रीको ब्रिफिङ


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ‘ब्रिफिङ’ गरेका छन् । 

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से सभाहलमा मंगलबार बसेको बैठकमा उनले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । लेखकले सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको पार्टीलाई जानकारी गराए । 

सरकारले तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थायी आवास बनाउने व्यवस्था मिलाइएको गृहमन्त्री लेखकको भनाइ थियो । क्षतिग्रस्त संरचनाको मर्मत गरेर सञ्चालनका लागि सरकारले काम अगाडि बढाएको पनि उनले बताए । 

गृहमन्त्री लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर मंगलबार क्षतिग्रस्त आठ जिल्लामा पठाइएको जानकारी गराए । यातायात सञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको उनको भनाइ थियो । 

गृहमन्त्री लेखकले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको पनि बताए । लेखकले नख्खु खोलमा टिनको छाप्रोमाथि बसेका नागरिकको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको पनि दाबी गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ०४ बजे

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा

निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री 

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि