नख्खु घटनाबारे गृहमन्त्रीको जवाफ- सशस्त्रको बोट पल्टिँदा उद्धारमा ढिलाइ भयो « Khabarhub

नख्खु घटनाबारे गृहमन्त्रीको जवाफ- सशस्त्रको बोट पल्टिँदा उद्धारमा ढिलाइ भयो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको नख्खु खोलामा गत शनिबार आएको बाढीका क्रममा छाप्रोसहित बगेका तीन नागरिकको उद्धारमा सरकारले सक्दो कोसिस रेको गृहमन्त्री लेखकले बताएका छन् ।

मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले यस्तो ब्रिफिङ गरेका हुन् ।

नख्खु खोलमा टिनको छाप्रोमा रहेका नागरिकलाई उद्धार गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको दाबी पनि उनले गरे।

‘सशस्त्र प्रहरीको बोट पल्टिँदा त्यहाँ उद्धारमा समस्या भएको हो । त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको मलाई बताएको थियो’, उनले भने, ‘एकजना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको हो । प्रहरीले सहयोग नगरेको भन्ने होइन ।’

लेखकले अहिलेसम्म बाढीपहिरोमा परेका चार हजारभन्दा बढीको सरकारले उद्धार गरेको बताए । एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित नहुने पनि उनले बताएका छन् ।

सरकारले अहिले पनि राहत र उद्धारको काममा आफूलाई केन्द्रित गरेको गृहमन्त्री लेखकले कांग्रेस बैठकमा बताएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ४ : ४५ बजे

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

‘दुईदिने बिदाले आन्तरिक पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान भयो, पुनरावलोकन हुँदैन’

काठमाडौं- सरकारले दुई दिनको सार्वजनिक बिदालाई पुनरावलोकन गर्ने कुनै तयारी

विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई

बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग

काठमाडौं– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको

इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार

एजेन्सी- इन्डोनेसियाको बालीस्थित पर्यटकीय क्षेत्रनजिक यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको