पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन « Khabarhub

पाकिस्तानमा संसद्सँग कुनै अधिकार छैन : एमक्यूएम प्रमुख हुसैन


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको मुत्थैदा कोमी मुभमेन्ट (एमक्यूएम) पार्टीका प्रमुख अल्ताफ हुसैनले पाकिस्तानी संसद्सँग स्वायत्तता नभएको आरोप लगाएका छन् ।

हाल बेलायतमा निर्वासित जीवन बिताउँदै आएका नेता हुसैनले आफ्नो मुलुकको सबै शक्ति सेनाको हातमा रहेकाले संसद्सँग कुनै किसिमको शक्ति वा स्वायत्तता नभएको बताएका हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लण्डनमा आयोजित एक कार्यक्रममा हुसैनले पाकिस्तानी न्यायपालिका पनि स्वतन्त्र नभएको उल्लेख गरे । उनले पाकिस्तानमा बसोबास गर्ने पञ्जाबी, सिन्धी, बलोच, मुहाजिरजस्ता समुदायको अस्तित्वलाई नमान्नु यथार्थलाई अस्वीकार गर्नुजस्तो हुने बताए ।

उनले पाकिस्तानी सेनामा पञ्जाबीको दबदबा रहेको समेत आरोप लगाए । उनले सेनामा ८० प्रतिशत पञ्जाबी र बाँकी २० प्रतिशत पश्तुन समुदायका मानिसहरू रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र