कांग्रेसले सरकारलाई भन्यो- बाढीपीडितको राहत र उद्धारलाई तीव्रता दिनू « Khabarhub

कांग्रेसले सरकारलाई भन्यो- बाढीपीडितको राहत र उद्धारलाई तीव्रता दिनू


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दु:ख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र नागरिकको उद्धार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

विपदका कारण अवरुद्ध सडकखण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको घिमिरेले जानकारी दिएका छन् ।

बाढीपहिरोबाट अन्नबालीमा क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिँदै नदी कटानलाई रोक्न व्यवस्थित नियन्त्रण कार्य गर्न पनि सरकारसँग माग गरिएको उनले बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे सांसदहरूलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : २३ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी