कांग्रेसले सरकारलाई भन्यो- बाढीपीडितको राहत र उद्धारलाई तीव्रता दिनू | Khabarhub Khabarhub

कांग्रेसले सरकारलाई भन्यो- बाढीपीडितको राहत र उद्धारलाई तीव्रता दिनू


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्राकृतिक विपद्का घटनाप्रति दु:ख व्यक्त गर्दै राहत तथा उद्धारलाई तीव्रता दिन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको मुख्य सचेतक श्याम घिमिरेले जानकारी दिए ।

बैठकले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्रता दिन आग्रह गर्दै राजमार्ग अवरुद्ध हुँदा अलपत्र नागरिकको उद्धार गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक विपदमा परी घाइते भएकाको स्वास्थ्य उपचार तीव्र बनाउन सरकारलाई आग्रह गर्दै बैठकले मृत्यु भएका र बेपत्ता व्यक्तिलाई राहत दिन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए ।

विपदका कारण अवरुद्ध सडकखण्डहरु छिटै सूचारु गर्नका लागि अग्रसर हुन पनि बैठकले आग्रह गरेको घिमिरेले जानकारी दिएका छन् ।

बाढीपहिरोबाट अन्नबालीमा क्षति भएकाले किसानलाई उचित क्षतिपूर्ति दिँदै नदी कटानलाई रोक्न व्यवस्थित नियन्त्रण कार्य गर्न पनि सरकारसँग माग गरिएको उनले बताए।

बैठकमा गृहमन्त्री रमेश लेखकले प्राकृतिक प्रकोपबाट भएको क्षतिबारे सांसदहरूलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ५ : २३ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित