हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो « Khabarhub

हिरासतबाट छुटेपछि प्रसाईंले भने- एमालेपछि ओली पनि हारे, अबको प्रधानमन्त्री मै हो


१५ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस पटक प्रधानमन्त्री केपी शर्मा ओली पनि आफूसँग हारेको बताएका छन् ।

साइबर अपराधसम्बन्धी मुद्दामा मंगलरबार एक लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट रिहा भएका प्रसाईंले माइतीघर मण्डलमा समर्थकलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।

उनले आफूसँग एमालेले पहिले नै हारिसकेको अवस्थामा यस पटक प्रधानमन्त्री ओली पनि हारेको बताए ।

देशको अबको प्रधानमन्त्री आफैं बन्ने पनि दाबी प्रसाईंले गरे । ‘देशको प्रधानमन्त्री अहिले दुर्गा प्रसाईंसित लड्दैछ । प्रधानमन्त्रीले पनि हार्‍यो भने दुर्गा प्रसाईं नै प्रधानमन्त्री हो ।’

आफूले अहिलेसम्म राजनीति नगरेको बताउँदै अब भने त्यसमा होमिएको पनि प्रसाईंले समर्थकलाई बताए ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ७ : ३५ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको