दुई सातामा सात नेता गुमाएको हिजबुल्लाहको कति छ शक्ति ? | Khabarhub Khabarhub

दुई सातामा सात नेता गुमाएको हिजबुल्लाहको कति छ शक्ति ?


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

पछिल्लो दुई सातामा इजरायलको आक्रमणमा सात जना हिजबुल्लाहका कमान्डर मारिए। यसरी मारिनेमा शीर्ष व्यक्ति हसन नसरल्लाह समेत छन्। नसरल्लाहको निधनमा मध्यपूर्वमा शोक मनाइयो। इजरायलले भने आफ्नो अभियानको ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै खुसीयाली मनाएको छ। यो खुसीको औचित्य कमै हुने चेतावनी पश्चिमा देशले दिइसकेका छन्। राष्ट्र संघले समेत प्यालेस्टाइन र लेबनानमा भएको घटना नरसंहारको स्वरूप भएको प्रतिक्रिया दिइसकेका छन्।

सन् १९८० मा हिजबुल्लाहको स्थापना भएदेखि नै नेतृत्वमा रहेका व्यक्तिले यो लडाइँमा ज्यान गुमाइसकेका छन्। नसरल्लाहलाई मार्ने क्रममा इजरायलले बेरुतमा थुप्रै भवनको नास गरेको थियो। हेडक्वार्टरमा आक्रमण भन्दै इजरायलले गरेको आक्रमणका कारण लेबनानको जनजीवन अझ अस्तव्यस्त भएको छ।

सन् १९९२ देखि नसरल्लाहले इजरायलको विरुद्धमा भएका धेरै आक्रमणको नेतृत्व गरेका थिए। उनकै नेतृत्वमा हिजबुल्लाह लेबनानको ठुलो राजनीतिक शक्ति हुँदै संसदीय राजनीतिको समेत एउटा सफल खेलाडीको रूपमा स्थापना भएको थियो।

सन् २०११ मा सिरियामा गृह युद्ध भएको समयमा नै हिजबुल्लाहले राष्ट्रपति बसार असादलाई शक्तिमा स्थापित गर्न तथा टिकाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

सन् २०११ मा सिरियामा गृह युद्ध भएको समयमा नै हिजबुल्लाहले राष्ट्रपति बसार असादलाई शक्तिमा स्थापित गर्न तथा टिकाउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

नसरल्लाहकै नेतृत्वमा हिजबुल्लाहले इरानको सहयोगमा यमन र इराकमा समेत शक्ति स्थापना गरेको थियो। सन् २००० मा इजरायलले दक्षिणी लेबनान छाड्ने अवस्था आउनुमा नसरल्लाहको नेतृत्वले ठुलो भूमिका निभाएको थियो।

शनिबार मारिएका नाबिल काउक हिजबुल्लाह केन्द्रीय परिषद्का उपप्रमुख थिए। उनी पनि सन् १९८० को दशकको सुरुवातमा सो सैन्य दस्तामा आबद्ध भएका थिए। सन् १९९५ देखि २०१० सम्म उनी दक्षिणी लेबनानमा कमान्डर थिए। उनी धेरै सञ्चार माध्यमका सामु प्रस्तुत भएर हिजबुल्लाहको धारणा राख्थे। उनलाई मारिनु अघिसम्म नसरल्लाहको उत्तराधिकारीको रूपमा हेरिएको थियो।

हिजबुल्लाहको मुख्य सैनिक दस्ता रडवान फोर्सका कमान्डर इब्राहिम अकिल लामो समयदेखि इजरायलसँगको लडाइँमा सरिक छन्। सबै भन्दा ठुलो सैन्य सङ्गठन जिहादिस्द काउन्सिलमा समेत उनी आबद्ध छन्। यसै कारण उनी धेरै वर्षदेखि नै अमेरिकाको समेत ‘वान्टेड’ सूचीमा थिए।

सन् १९८३ मा बेरुतमा रहेको अमेरिकी दूतावासमा बम प्रहारमा अकिल सरिक भएका थिए भने जर्मन र अमेरिकीलाई बन्दी बनाउन पनि उनकै भूमिका थियो। उनी २० सेप्टेम्बरमा मारिएका हुन्।

सन् १९८३ मा बेरुतमा रहेको अमेरिकी दूतावासमा बम प्रहारमा उनी सरिक भएका थिए भने जर्मन र अमेरिकीलाई बन्दी बनाउन पनि उनकै भूमिका थियो। अकिल २० सेप्टेम्बरमा मारिएका हुन्।

रडवन फोर्सका अहमद वेहेबेले २ दशक अघिदेखि सो फोर्स स्थापनामा ठुलो भूमिका निभाएका थिए। बेरुतको दक्षिण भागमा भएको आक्रमणमा भवन भत्किएपछि उनको ज्यान गएको हो। वेहेबे पनि २० सेप्टेम्बरका मारिएका हुन्।

लेबनानको दक्षिणी भागमा रहेर युद्धमा महत्त्वपूर्ण भूमिका निभाएका अलि काराकी नेतृत्व तहमा नै थिए। उनको पनि नसरल्लाहसँगै मृत्यु भएको जनाइएको छ।

इजरायली आक्रमणको निसानामा मोहम्मद सोराउसर २६ सेप्टेम्बरमा मारिए। उनी हिजबुल्लाहको ड्रोन युनिटका संयोजक थिए। उनकै नेतृत्वमा इजरायलमा धेरै ड्रोन प्रहार भएको थियो। रक्षा प्रणालीलाई व्यवस्थित गर्दै समूहको रकेट र मिसाइल आक्रमणलाई तेज रफ्तारमा अघि बढाउने काम उनले गरेका थिए।

 

इब्राहिम कोबेइसीले हिजबुल्लाहको मिसाइल युनिटको नेतृत्व गर्थे। सन् २००० मा ३ जना इजरायलीको अपहरण पछिको हत्याका डिजाइनर नै कोबेइसी भएको जनाइएको छ। ४ वर्षपछि मात्र हिजबुल्लाहले बन्दी गृहमा उनीहरूको शव लिएर गएको थियो। उनी २५ सेप्टेम्बरमा मारिएका हुन्।

आक्रमण सुरु गरे लगत्तै इजरायलले हिजबुल्लाहको सैन्य दस्ताका मुख्य कमान्डरलाई निशाना बनाएको थियो। जुलाई अन्त्यमा प्यालेस्टाइनमा हमासका नेता इस्माइल हानिएको मृत्यु भएको केही घण्टा अघि मात्र फाउद सुकुर मारिएका थिए।

इजरायली आक्रमणको निसानामा मोहम्मद सोराउसर २६ सेप्टेम्बरमा मारिए। उनी हिजबुल्लाहको ड्रोन युनिटका संयोजक थिए। उनकै नेतृत्वमा इजरायलमा धेरै ड्रोन प्रहार भएको थियो।

सन् १९८३ मा बेरुतमा भएको बम विस्फोटमा २८३ जना मारिएका थिए। सो बम काण्डका मुख्य योजनाकार नै सुकर भएको जनाइन्छ। दक्षिणी भागमा लामो समयदेखि नेतृत्व गर्दै आएका जवाद तविल, तलेब अब्दुल्लाह र मोहम्मद नासेर पनि इजरायली आक्रमणमा मारिएका छन्।

अबको नेतृत्व ?
अहिले नसरल्लाहको मृत्युपछि नसिम कसिमले नेतृत्व गर्ने अनुमान गरिएको छ। सन् १९९१ देखि नै कसिम नसरल्लाह पछिका दोस्रो नेताको रूपमा रहेका छन्। स्थानीय सञ्चार माध्यमले जनाए अनुसार इजरायलले दक्षिणी बेरुतमा धेरै आक्रमण कसिमलाई निशाना बनाएर गरेको थियो। यस युद्धको बारेमा सञ्चारकर्मीसँग धारणा राख्ने काम पनि कसिमले नै गरेका छन्।

उनी राजनीतिक र सैन्य दस्ताका अलावा अन्य विविध विषयमा पनि सक्रिय छन्। लेबनानमा सिया मुस्लिमको प्रभाव बढाउन उनको त्यत्तिकै सक्रियता छ। नसरल्लाहको उत्तराधिकारीको चर्चामा आएका अर्का व्यक्ति हसिम सफेडाइन हिजबुल्लाहको केन्द्रीय परिषद्का प्रमुख हुन्। नाताले उनी नसरल्लाहका भाइ पर्छन्। उनी इरानी जनरल कसिम सोलेमाइनीका सम्धि पनि हुन्। सोलेमाइनी सन् २०२० मा अमेरिकाले गरेको ड्रोन आक्रमणमा मारिएका थिए।

इजरायली आक्रमण र निशानाका बाबजुद जीवित रहने हिजबुल्लाहका शीर्ष नेतामा तलाल हमेइ र अबु अली रेडा पनि छन्। इब्राहिम अमिन अल सायद र मोहम्मद साद बाँकी रहेका शीर्ष नेता हुन्।

संसारको सबैभन्दा ठुलो गैरसैन्य शक्ति हिजबुल्लाहमा अहिले नेतृत्व संकट छ। यस सङ्कटमा बिच इजरायलका लागि पनि सबै वातावरण अनुकूल छैन। हाउथी, हमास र हिजबुल्लाहको त्रिपक्षीय आक्रमण इजरायलले खेपेको छ। अन्तर्राष्ट्रिय मानव अधिकार सङ्गठन र इजरायली सहयोगी शक्तिले नै अहिले मध्यपूर्व जारी हिंसालाई नरसंहारको संज्ञा दिइसकेका छन्। यस अवस्थामा हिजबुल्लाहको नयाँ नेतृत्वले पनि पुरानै नीतिलाई निरन्तरता दिने पक्का छ।
स्रोतः सिएनएन, यूएस न्युज

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ९ : १० बजे

सडक अवरुद्ध हुँदा बागलुङका पर्यटकीय क्षेत्र सुनसान

ढोरपाटन– बागलुङका धार्मिक तथा पर्यटकीय क्षेत्र सुनासन बनेका छन् ।

बाढीपहिरो प्रभावित आठ जिल्लामा गृहले खटायो कार्यदल

काठमाडौं- गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज,

 हनुमाननगर–राजविराज सडक जीर्ण, जोखिमपूर्ण यात्रा गर्दै यात्रु 

राजविराज– दसैँ, तिहार जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्लाको मुख्य सडकहरू

चाडपर्वलक्षित बजार अनुगमन सुरु

काठमाडौं– सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती

हामीलाई मान्छेजस्तै ठानिएन !

काठमाडौं – गत शुक्रबार र शनिबार परेको लगातार वर्षाले देशभर