बाढीपहिरो प्रभावित आठ जिल्लामा गृहले खटायो कार्यदल « Khabarhub

बाढीपहिरो प्रभावित आठ जिल्लामा गृहले खटायो कार्यदल


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज, उद्धार र राहत उपलब्ध गराउन तथा थप समन्वयका लागि गठित कार्यदलका संयोजकहरू बुधबारदेखि फिल्डमा खटिएका छन् ।

गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबारदेखि खटिएको जानकारी दिए ।

बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो ।

मन्त्रालयका अनुसार काठमाडौंमा गोविन्द प्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेपालञ्चोकमा वासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्याम कृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ ।

कार्यदललाई भारी वर्षका कारण उत्पन्न बाढी–पहिरोबाट प्रभावितको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, बाढी–पहिरोबाट मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यबारे सुझाव दिने, क्षतिग्रस्त सडकको शीघ्र मर्मत गरी सञ्चालनमा ल्याउने सम्बन्धित निकायसँग समन्वय र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहतबारे सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन् । कार्यदललाई आगामी असोज २१ गतेसम्म प्रतिवेदन दिन भनिएको छ ।

कार्यदलले दैनिकरुपमा प्रभावित ठाउँबाट जिल्लाको विपद्को वस्तुस्थितिबारे केन्द्रमा जानकारी समेत गराउने छ ।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ ।

प्राधिकरणका सहसचिव वसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकामा खटाइएको जानकारी दिए ।

‘हामीले दशजना अधिकतलाई बाढी-पहिरो र डुबान प्रभावित जिल्लामा खटाएका छौँ’, अधिकारीले भने, ‘उहाँहरूले प्रभावित पालिकासित समन्वय र सम्पर्क गरेर नगद र राहत वितरणमा सहजीकरण तथा फिल्डको अवस्थाबारे केन्द्रमा जानकारी गराउनु हुने छ ।’

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : ०६ बजे

गणेशमानको २९औँ स्मृति दिवस : जसले राजाले गरेको प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरे

काठमाडौँ – विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६