कप्तान रोहितको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जित « Khabarhub

कप्तान रोहितको अलराउण्ड प्रदर्शनमा ओमानविरुद्ध नेपालको शानदार जित


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

क्यानडा – कप्तान रोहित पौडेलको अलराउण्ड प्रदर्शनमा नेपालले ओमानविरुद्ध ५६ रनको शानदार जित निकालेको छ। क्यानडामा भएको त्रिदेशीय टी-२० क्रिकेट शृङ्खला अन्तर्गत ओमानमाथि नेपालले शानदार जित निकालेको हो।

किङ सिटीमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १३ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १०१ रनमा सीमित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १५७ रन जोडेको थियो। नेपालका लागि कप्तान पौडेलले अविजित अर्धशतकीय इनिङ खेले। उनले ४४ बलमा ५६ रन जोडेका हुन्। यस क्रममा उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्लले १९, देव खनालले १८, असिफ सेखले १४ तथा अनिल साहले ११ रन जोडे। ओमानका फयाज बटले ४ ओभरमा २३ रन खर्चिएर तीन विकेट लिए।

ओमानलाई सामान्य योगफलमा सीमित गर्ने क्रममा कुशल भुर्तेलले पुछारका ३ विकेट लिए। भुर्तेलले यस क्रममा ११ बलमा १० रन खर्चिए। रिजनले ढकालले सुरुवातका २ विकेट लिएको खेलमा मध्यक्रमका २ विकेट कप्तान पौडेलले लिए। सन्दीप लामिछानेले २ विकेट लिए।

दोस्रो ओभरको चौथो बलमा नै ढकालले काश्यप पूजापतिलाई २ रनमा आउट गरेपछि ओमानले पहिलो विकेट गुमाएको हो। उनैले ९ रन बनाएका सोहेब खानलाई पनि आउट गरेका थिए। अकिब इलियास र जेसन मसुदले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरेको खेलमा लामिछानेले इलियासलाई २२ रनमा आउट गरेका थिए।

मसुदलाई भने पौडेलले आउट गरे। मसुदले ३ छक्का सहित ३० बलमा ३५ रन जोडेका थिए। १ ओभर मात्र बलिङ गरेका पौडेलले सुरुका ३ बलमा नै विकेट लिएका हुन्। उनले कुल ७ रन खर्चिए।

यसपछि ओमानका प्रतीक अलवालेले १२ रन बनाउनु भन्दा बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ४ : ५२ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड