‘बेहुली फ्रम मेघौली’को प्रिमियर : ट्याक्टर चढेर स्वस्तिमाको ‘इन्ट्री’ | Khabarhub Khabarhub

‘बेहुली फ्रम मेघौली’को प्रिमियर : ट्याक्टर चढेर स्वस्तिमाको ‘इन्ट्री’


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘बेहुली फ्रम मेघौली’को प्रिमियर शो बुधबार साँझ सम्पन्न भएको छ । भक्तपुरस्थित राधेराधेमा आयोजना गरिएको प्रिमियरमा फिल्मकी नायिका स्वस्तिमा खड्का मुख्य आकर्षण बनिन्

कार्यक्रममा स्वस्तिमाको प्रवेश फरक शैलीमा भयो । उनी ट्याक्टर हाँकेर कार्यक्रमस्थलसम्म पुगिन् । यो दृश्यलाई धेरैले रोचक मानेर हेरे ।

प्रिमियरमा वरिष्ठ कलाकार हरिवंश आचार्य, केदार घिमिरे, निर्देशकहरु दीपेन्द्रकुमार खनाल, मीनबहादुर भाम, प्रदीप भट्टराई, नायकहरू कर्मा शाक्य, सलोन बस्नेतसहित कलाकार, फिल्मकर्मी, पत्रकार, राजनीतिज्ञ गरी ६ सयभन्दा बढी उपस्थित थि ।

प्रिमियरपछि स्वस्तिमाको अभिनयले प्रशंसा पाएको छ । नायिका आना शर्मालाई स्वस्तिमाको अभिनय असाधारण लगेछ । उनले भनिन्, ‘पूरा फिल्म नै मनोरञ्जन दिने छ । स्वस्तिमा दिदीको असाधरण अभिनयका कारण फिल्मले पूरा मनोरञ्जन दिन्छ ।’

त्यस्तै, नायक आयुषमान जोशीले फिल्म कथा र पर्दामा देखाउने शैली मन परेको प्रतिक्रिया दिए ।

नायिका निरुता सिंहले पनि स्वस्तिमाको अभिनयको तारिफ गरिन् । उनले स्वस्तिमाको अभिनयमा खोट लगाउने ठाउँ नभेटेको प्रतिक्रिया दिइन् । थपिन्, ‘सबैको पक्ष एकदमै राम्रो छ । म त स्वस्तिमाको फ्यान भएँ ।’

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले कथा समसामयिक लागेको प्रतिक्रिया दिए । भने, ‘यो समसामयिक कथा नै हो । अहिलेका लागि आवश्यक छ ।’

नायक सलोन बस्नेते पनि फिल्म राम्रो लागेको प्रतिक्रिया दिए । भने, ‘कतै झ्याउ लाग्दो छैन । कथा पनि बगेको छ । एउटा प्रफेक्ट फिल्म बनेको रहेछ ।’

त्यस्तै वरिष्ठ कलाकार हरिवंश आचार्यले फिल्मले दिन खोजेको सन्देश ठीक रहेको प्रतिक्रिया दिए ।

फिल्ममा स्वस्तिमासहित  निश्चल बस्नेत, बसुन्धारा भुसाल, विजय बराल र सिमरन खड्का लगायतको अभिनय छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण गरिएको फिल्मको लेखन-निर्देशन सजन काफ्ले र आकाश बरालले संयुक्त रूपमा गरेका छन् । फिल्ममा लगानी निश्चल र स्वस्तिमाको छ ।

हेरौं प्रिमियरका केही तस्बिरहरू :

तस्बिर स्रोत : बेहुली फ्रम मेघौली फेसबुक पेज

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  २ : १७ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण