भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता « Khabarhub

भारतसँग पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण सम्झौता


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारणस्थल निर्माण परियोजनाका लागि सम्झौता भएको छ ।

पाइपलाइन र भण्डारण गृह निर्माण गर्न नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आईओसी) बीच बिहीबार भारतको दिल्लीमा सम्झौता भएको निगमले जानकारी दिएको छ । 

यो सम्झौताअुनसार सिलगुढीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन, बारास्थित अमलेखगन्जको पाइपलाइन चितवनसम्म विस्तार र झापामा इन्धन भण्डारण गृह बनाउन इन्डियन आयल कर्पोरेसनले करिब १५ अर्ब अनुदान दिने भएको छ। 

सम्झौता पत्रमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्ट र आईओसी पाइपलाइन परियोजनाका मेनेजिङ डिरेक्टर सेन्थल कुमारले हस्ताक्षर गरेका छन् ।

तीनवटा परियोजना आइओसीले अनुदानमा बनाइदिने भएको छ । चितवनको भण्डारणस्थल निगमको लगानीमा निर्माण गर्ने गरी सम्झौता भएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  २ : ४९ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि