भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक ! « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीका भाइ टेम्पो चालक !


११ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

केही समय अघि सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल बन्यो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइएको छ ।

समाचार माध्यमहरुले जनाएअनुसार, मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न खोजिएको छ । शुरुमा त्यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए ।

जसमा भनिएको छ, ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र यहाँ अन्य विधायकका परिवार भने एसी गाडीमा इन्जोय गरिरहेका छन् ।’

त्यस लगत्तै त्यो पोस्ट यति भाइरल बन्यो कि केही समयमै हजारौंले लाइक र सेयर गरे । तस्वीरमा मोदी जस्तै देखिने ब्यक्ति टेम्पोमा बसेका छन् । सो तस्वीर अन्य धेरैले पनि सेयर गरेका छन् । तर, त्यो तस्वीर मोदीका भाइको नभएको तथ्य पछि पत्ता लागेको छ ।

यस सम्बन्धी जानकारी सन् २०१६ मै फोर्थ डट इन नामक साइटमा प्रकाशित भइसकेको छ । उनी अदिलावादस्थित अटो ड्राइभर भएको र उनी हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी जस्तै देखिने समाचार त्यति बेलै सार्वजनिक भइसकेको थियो ।

समाचार माध्यमहरुमा जनाइए अनुसार, उनको नाम शेख अयुव हो । उनले पहिले आरटीसी बस चलाउथे । त्यसपछि उनले टेम्पो चलाउन थालेका हुन् ।

प्रकाशित मिति : ११ भाद्र २०७६, बुधबार  १२ : २६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा