इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि | Khabarhub Khabarhub

इयूद्वारा लेबनानलाई दिने सहायतामा तीन करोड युरो वृद्धि


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपेली सङ्घ (इयू) ले इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण लेबनानलाई थप तीन करोड युरो (तीन करोड ३० लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनले भने ,’हामीले लेबनानका जनताका लागि मानवीय सहायता बढाएका छौँ।’

‘हाम्रो नयाँ कोष (सहयोग) ले यो धेरै कठिन समयमा नागरिकहरूले धेरै आवश्यक सहायता प्राप्त गर्ने सुनिश्चित गर्नेछ,’ उनले भने ।

उनले भने, ‘मध्यपूर्वमा निरन्तर तनाव बढ्दै गएकोमा म निकै चिन्तित छु । निर्दोष नागरिकको जीवन रक्षाका लागि सबै दलले सक्दो प्रयास गर्नुपर्छ ।’

युरोपेली सङ्घको पछिल्लो सहायता प्याकेज सप्ताहन्तमा घोषणा गरिएको १० मिलियन युरोभन्दा माथि रहेको छ। यससँगै लेबनानका लागि युरोपेली सङ्घको मानवीय सहायता यस वर्ष १०० मिलियन युरोभन्दा बढी पुगेको छ।

इजरायलले लेबनानको हिजबुल्लाहविरुद्ध हवाई आक्रमण गर्दैसीमापार आफ्ना सेना पठाएको छ । लेबनानमा इजरायली बमबारीमा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने हिजबुल्लाहका लामो समयदेखिका प्रमुख हसन नसरल्लाह हवाई आक्रमणमा मारिएका छन् । 

लेबनानका अधिकारीहरूले इजरायली आक्रमणका कारण करिब १० लाख मानिस आफ्नो घर छोड्न बाध्य भएको बताएका छन्।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ३ : ४१ बजे

जेलमा बस्दा बुझेको देश बनाउने डीपीआर लागू गर्छु: रेशम चौधरी

काठमाडौँ- पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश

भारतसँग जोडिएका सिरहाका सीमानाका तीन दिन बन्द हुने

सिरहा – भारतको विहार राज्यमा हुने विधानसभा आमनिर्वाचनलाई मध्यनजर गरी

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र

पर्दा पछाडिका ‘हिरो’हरू

काठमाडौँ- पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा