बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा-कालढुंगा खण्ड तत्काल बनाउन मुस्किल « Khabarhub

बीपी राजमार्ग दशैंअघि नखुल्ने, चौकीडाँडा-कालढुंगा खण्ड तत्काल बनाउन मुस्किल


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको छ ।

बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा खण्डमा बाढीका कारण सडक नै बगाएकाले दशैंअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो ।

त्यसको विकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सुचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका छन् ।

उक्त सडकखण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेकाले पर्खाल नै उठाउनुपर्ने देखिएको उनले बताए ।

उनले बाढीका कारणबीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्न खोला किनारमा नै अस्थायी सडक निर्माणको काम भइरहेको जानकारी दिए । द

दशैंअघि उपत्यका बाहिरिने अन्य राजमार्ग सुचारु हुने उनको भनाइ छ । शर्माले बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको बताए ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बाढीका कारण बीपी राजमार्ग अहिलेको जस्तो क्षति हुने कल्पना पनि नगरिएको बताए ।

उनले बाढीका कारण अवरुद्ध सडक सूचारु गर्न तीव्र रुपमा काम भइरहेको जानकारी दिए । मन्त्री दाहालले बिपदका बेला भाडादरमा हुने ठगि रोक्न निरन्तर अनुगमन हुने बताए ।

वर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।

अझै पनि ५ वटा मुख्य राजमार्गका ३१ स्थानमा सडक अवरुद्ध भएको मन्त्रालयले जनाएको छ । जसअनुसार अरनिको राजमार्गको लार्चा–कोदारी खण्ड, बीपी राजमार्गको चौकीडाँडा–कालढुङ्गा खण्ड, पुष्पलाल मध्यपहाडी मार्गको दोलालघाट–राकथुमखण्ड, कान्ति राजपथको घपेली–बगुवाखण्ड र मेची राजमार्गको रमिते–फिदिमखण्ड अवरुद्ध छन् ।

बाढीले बगाएका सडक सुचारु गर्नका लागि अस्थायी संरचना बनाउन मात्रै करिब ३ अर्व लाग्ने अनुमान मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ४ : १९ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने