बीएलएफको आक्रमणमा बलुचिस्तानमा ५ पाकिस्तानी सैनिकको मृत्यु « Khabarhub

बीएलएफको आक्रमणमा बलुचिस्तानमा ५ पाकिस्तानी सैनिकको मृत्यु


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानमा ५ सैनिकको ज्यान जानेगरी भएका दुई छुट्टाछुट्टै आक्रमणको जिम्मा बलुचिस्तान लिबरेसन फ्रन्ट(बीएलएफ) ले लिएको छ । बीएलएफले एक विज्ञप्ति जारी गर्दै आक्रमणको जिम्मा लिएको हो ।

बीएलएफले आक्रमणमा अरु ४ सैनिक घाइते भएको समेत जनाएको छ । बीएलएफले अवरानमा रहेको सैनिक मुख्यालयलाई लक्षित गरी पहिलो आक्रमण गरेको जनाएको छ । उक्त आक्रमणका क्रममा चार सैनिकको ज्यान गएको र तीन सैनिक घाइते भएका थिए ।

त्यसैगरी, अवरान माश्के सडक खण्डमा आफ्ना लडाकुले दोस्रो आक्रमण गरेको बीएलएफले जनाएको छ । उक्त आक्रमणमा एक सैनिकको मृत्यु भएको र अर्का एक जना सैनिक घाइते भएको बीएलएफले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ५ : ३७ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका