बल्खुका बाढीपीडितलाई नेपाल-भारतमैत्री संघको राहत « Khabarhub

बल्खुका बाढीपीडितलाई नेपाल-भारतमैत्री संघको राहत


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाल-भारतमैत्री संघले काठमाडौंको बल्खुका बाढी पीडितलाई दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी नेपाल-भारतमैत्री सङ्घले बल्खुका बाढी पीडितहरूका नेपाल चिकित्सक सङ्घमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।

बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक सङ्घको आग्रह बमोजिम सङ्घले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवहाक अध्यक्ष ई. शैलेन्द्र मोहन झाले बताए ।

राहत सामग्रीमा खाद्यान्न, औषधि, व्याङ्वेट, कम्बलहरू लगायत बहुउपयोगी सामग्री छन् । ‘बल्खु क्षेत्रमा धेरै क्षति पुगेकाले चिकित्सक सङ्घको आग्रह अनुरूप हामीले खाद्यान्न, औषधि, ब्लांकेट, कम्बलहरू लगायत बहुउपयोगी सामानहरू हस्तान्तरण गरेका छौं’, उनले भने, ‘उहाँहरूले उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ ।’

कार्यक्रममा बोल्दै नेपाल चिकित्सक सङ्घको अध्यक्ष डा. अनिल कार्कीले आफूहरूले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए ।

उनले बल्खुमा दुई दिनभित्र मेडिकल क्याम्पसहित आफूहरू जाने र राहत वितरण गर्ने बताए ।

उनले विपद्को बेलामा आगामी दिनमा पनि नेपाल-भारतमैत्री सङ्घले यस्तै सहयोग गर्ने विश्वास व्यक्त गरे ।

विभिन्न पेशा, व्यवसाय र समाजका विभिन्न क्षेत्रमा कार्यरत विशिष्ठ व्यक्ति आबद्ध भई नेपाल- भारत मैत्री संघका क्रियाकलाप हुने गरेका छन् ।

 

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ६ : ४७ बजे

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल