‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक (भिडियो) « Khabarhub

‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक (भिडियो)


१७ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


564
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको बसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । ज्वाइँ साब बन्न पुरुष पात्रहरुले गरेको संघर्षलाई रमाइलो शैलीमा देखाउन खोजिएको छ । विवाहपछि बेहुलीको घरमा बेहुला भित्रिने कथावस्तुमा आधारित भएर फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।

फिल्ममा जितु र नीतिसँगै बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, सन्दीप क्षेत्री, कविता आले, शिशिर वाङ्देल, दीपक आचार्य (काकु), राजकुमार पण्डित, निमा पाण्डे, कमलमणी नेपाल, प्रकाश घिमिरे, सीपी पौडेल, सुमन राई, राजेन्द्र नेपाली, विश्व मुखिया, दीपक अधिकारी, इशान राउत, शिवु पाण्डे लगायतको पनि अभिनय छ ।

विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङको लगानी छ । राजकुमार पण्डितको प्रस्तुतिमा बनेको फिल्ममा अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत, श्याम तामाङको छायांकन, सविन अधिकारीको कथा, सन्देश शाहको सम्पादन तथा सञ्जय थापाको एक्सन छ ।

भिडियाे

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहीबार  ८ : ३४ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी