नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु « Khabarhub

नेपालगञ्जमा ऐतिहासिक रामलीला सुरु


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

राँझा – नेपालगञ्जमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला मञ्चनको एक सय ५७औँ संस्करण बिहीबारदेखि सुरु भएको छ । 

यहाँस्थित रामलीला मैदानमा आयोजित एक सय ५७औँ संस्करणको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उद्‌घाटन गरे । सो अवसरमा बोल्दै नगरप्रमुख विष्टले रामलीला मञ्चन नेपालगञ्ज सहरको सांस्कृतिक पहिचान भएको बताए ।

प्रत्येक वर्ष दसैँका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ । नेपालगञ्जको सांस्कृतिक परम्परालाई जोगाइराख्नका लागि सहयोग संकलन गरेर रामलीला महोत्सव गर्दै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए।

उनका अनुसार रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट कलाकार आएका छन् । नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगन गरिएको थियो । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ः०० देखि १२ः०० बजेसम्म रामलीला मञ्चन गरिन्छ।

नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँका सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । 

धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ । विसं १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको समितिका सदस्य नन्दलाल बैश्यले बताए। 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ८ : २४ बजे

प्रचण्ड भन्छन् : म्याजिक नम्बरका कुरा नगरौँ, रास्वपालाई हाम्रो शुभकामना छ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा

मध्यपूर्वमा पानी जहाजमाथि आक्रमण हुँदा दुई भारतीयको मृत्यु

नयाँदिल्ली- मध्यपूर्वमा जारी युद्धका बीच व्यापारिक पानी जहाजमाथि भएका आक्रमणमा

इरानले अमेरिकामा हुने विश्वकप फुटबल नखेल्ने

तेहरान- जबर्जस्त युद्ध थोपरिएपछि इरानले अमेरिका, मेक्सिको र क्यानाडामा यही

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा