महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै « Khabarhub

महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदै छन् ।

लिगमा ४-४ खेल सम्पन्न हुँदा कर्णाली यशविस शिर्ष स्थानमा रहेको छ । कर्णाली ४ खेलमा अपराजित रहँदै १० अंक हासिल गरेको छ । त्यस्तै काठमाडौँ स्पाइकर्स ४ खेलमा ३ जित र एक हारसहित ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी चितवन शक्ति ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै तेस्रो र ललितपुर क्वीन्स ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

त्यस्तै फाइनलको दौडबाट बाहिरिएको गण्डकी थण्डर्सको ४ खेलमा एक जित र ३ हारसहित केवल ३ अंक छ भने मधेश युनाइटेडले ४ खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।

अब आज लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कर्णाली र दोस्रो स्थानमा रहेको काठमाडौँ भिड्दै छन् । यो खेलको विजेता फाइनलमा पुग्ने निश्चित छ । यो खेल राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

त्यसैगरी तेस्रो स्थानमा रहेको ललितपुर क्वीन्स र चौथो स्थानमा रहेको चितवन शक्तिबीच आजको पहिलो खेल हुँदै छ । यो खेल अपराहन्न ३:४५ बजेदेखि शुरु हुँदै छ ।

त्यसैगरी आजको दोस्रो खेल मधेश युनाइटेड र गण्डकी थण्डर्सबीच हुँदै छ । यो खेल अपरान्ह ५: ४५ बजेदेखि शुरु हुने छ । दुवै फाइनलको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फाइनलको समीकरणमा कुनै असर गर्ने छैन ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ९ : ०३ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका