हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडक सुचारु | Khabarhub Khabarhub

हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ र हेटौँडा–पालुङ–नौबिसे सडक सुचारु


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

बागमती– त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ  खण्डमा आज बिहानदेखि यातायातका साधन सञ्चालन भएका छन् ।

जल तथा मौसम विज्ञान विभाग द्वारा भारी वर्षा हुनसक्ने सूचना जारी भएपछि आज बिहानसम्म यी सडकमा सबै सवारीसाधन  सञ्चालनमा स्थानीय प्रशासनले रोक लगाएको थियो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि  यातायातका साधन पुनः सञ्चालन भएका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडकखण्डमा हलुका सवारी सञ्चालन भएका छन् । 

बाढीपहिराका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताए । हेटौँडा–काठमाडौँ जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चारवटा मेसिन प्रयोग गरेर काम भइरहेको छ । 

सडक विभाग र सुरक्षाकर्मीको टोलीले मकवानपुरको सोही सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ स्थित देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ स्थित बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उनले जानकारी दिए। 

दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्मपाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुईवटा  मेसिन चलाइएको छ । 

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १० : ०४ बजे

मुस्ताङको मार्फामा पदमार्ग निर्माण

म्याग्दी– मुस्ताङको घरपझोङ गाउँपालिका –२ मार्फामा पदमार्ग निर्माण गरिएको छ

मधेश प्रदेश सरकारलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न आग्रह

काठमाडौं– मधेश प्रदेश सत्ता गठबन्धनले प्रधानमन्त्री दैविक प्रकोप राहत उद्धार

इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल

तेहरान- हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई इजरायलले हत्या गरेपछि मध्यपूर्वको तनाव

बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

काठमाडौं– प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई

बढी भाडा लिने ६ वटा गाडीका चालक र सह-चालक पक्राउ

काठमाडौं- प्रहरीले विभिन्न रुटका बढी भाडा लिने सवारी साधनका चालक