चीनले पठाएको राहत सामग्री टेकुमा बाढीपीडितका लागि हस्तान्तरण « Khabarhub

चीनले पठाएको राहत सामग्री टेकुमा बाढीपीडितका लागि हस्तान्तरण


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा गत साता आएको बाढीबाट प्रभावितहरूका लागि चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको राहत शुक्रबार टेकुमा बाँडिएको छ ।

बाढीपहिरो र डुबान पीडितलाई सीपीसीले पठाएको राहत सामाग्री काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेलामार्फत हस्तान्तरण गरिएको हो ।

राहत वितरण कार्यक्रममा सीपीसीका प्रतिनिधिले १ करोड ९० लाख रुपैयाँ सहयोग पनि हस्तान्तरण गरेका छन् ।

लगातारको वर्षापछि प्राकृतिक प्रकोपका पीडितलाई तत्काल सहयोग गर्ने उद्देश्यसहित चिनियाँ कम्युनिष्ट पार्टी,केन्द्रीय समितिले नेपालको प्रभावित क्षेत्रका स्थानीयलाई राहत सामग्री पठाएको हो । कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको समन्वयमा एक हजार २४२ प्याकेट राहत सामाग्री पठाइएको छ । त्यसमध्ये आज ६० परिवारलाई वितरण गरिएको छ ।

उक्त राहत सामाग्री नेपालमा विपद्को खबर सुनेपछि चिनियाँ कम्युनिष्ट पार्टीसँगै ग्रामीण विकास नेपाल कार्यालयको संयुक्त पहलमा ‘हातेमालोबाट चुनौतीको समाधान’ नाराका साथ जुटाउन थालिएको थियो ।

तत्काल राहत सामाग्रीअन्तर्गत प्रत्येक प्याकेटमा दन्तमञ्जन,ब्रस,रुमाल,साबुन, स्यानिटरी प्याड,प्रेसर कुकुर, प्लास्टिकका साना थैला, ब्लांकेट, झुल, स्लिपिङ म्याट, पानीको भाँडो, मग, चामल, तेल, दाललगायत अत्यावश्यक सामान छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सान्त्वना सन्देश पनि पठाएका छन् ।

उनले समकक्षी तथा परराष्ट्रमन्त्री डा. आरजू राणालाई पठाएको सन्देशमा छिमेकी चीन दुःखको बेला नेपालको आवश्यकताबमोजिम प्रकोप पीडितहरूको उद्धारका लागि तयार रहेको बताए ।

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरूका लागि सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक बुधबार गृहमन्त्री रमेश लेखकलाई सिंहदरबार पुगेर हस्तान्तरण गरेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  १ : २९ बजे

महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर

सुर्खेत– तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका

गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं- त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरू

डोको बोकेर नायिका सिम्रन वसन्तपुरमा

काठमाडौं – नायिका सिम्रन खड्का अहिले चर्चामा छिन् । उनको

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते