तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज | Khabarhub Khabarhub

तिरुपतिको प्रसाद लड्डू विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सर्वोच्च अदालतले तिरुपति मन्दिरमा प्रसाद लड्डू बारेको विवादमा आन्ध्र प्रदेश सरकारले गठित एसआईटीलाई खारेज गरेको छ ।

सर्वोच्च अदालतले यो मुद्दाको अनुसन्धान सीबीआईका दुई जना, आन्ध्र प्रदेश प्रहरीका दुई जना र एफएसएसएआईका एक अधिकारीले संयुक्त रूपमा गर्ने आदेश दिएको हो ।

अदालतले भनेको छ- ‘राज्य सरकारले सीबीआई निर्देशक र आन्ध्र प्रदेश पुलिसका दुई सदस्यहरू चयन गर्नेछ ।  अनुसन्धान सीबीआई निर्देशकले अनुगमन गर्नेछन् ।’

मन्दिरको प्रसाद तिरुमाला लड्डू बनाउन शुद्ध घ्यूको सट्टा जनावरको बोसो भएको घ्यू प्रयोग गरिएको विषय बाहिर आएपछि यो विषय अदालत पुगेको थियो ।

यसअघि ३० सेप्टेम्बरमा सुनुवाइका क्रममा सर्वोच्च अदालतले ‘राजनीति र धर्मलाई मिसाउन नहुने’ भनेको थियो । सर्वोच्च अदालतले आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई यो विषय मिडियामा पुर्‍याएको भन्दै सचेत गराएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : १७ बजे

सूर्योदयका किसानलाई चिया काट्न चटारो

इलाम– चिया उत्पादनको उर्वर भूमि सूर्योदय नगरपालिकामा चियाको बुट्यान काट्न

गाउँभरि केराखेती, बजारको अभाव

म्याग्दी– एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी

 सूर्यदर्शन सहकारी ठगी : आज जाहेरीवालाको तर्फबाट बहस हुने

पोखरा– सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज पनि जाहेरीवालाको तर्फबाट बहस

अमेरिकामा फेरि खुले ओरिलियन्साका मार्केट

न्युयोर्क – हिंसाको कारण प्रहरीले निगरानीमा राखेर बन्द गरिएको न्यु

संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै

काठमाडौं– अर्थ समितिसहित आज संघीय संसद्का ६ वटा समितिका बैठक