इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल | Khabarhub Khabarhub

इजरायलविरुद्ध इरानी सर्वोच्च नेताले खेले धर्मको कार्ड, मुस्लिमहरूलाई एकजुट हुन अपिल


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

तेहरान- हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई इजरायलले हत्या गरेपछि मध्यपूर्वको तनाव चुलिँदो छ ।

इजरायलले हमास र हिजबुल्लाह दुवैविरुद्ध युद्ध छडेपछि इरानका सर्वोच्च नेता अली खामेनेईले तेहरानमा जुमेको नमाजका क्रममा सम्बोधन गरेका छन् ।

५ वर्षपछि पहिलो पटक सार्वजनिक रुपमा सम्बोधनका क्रममा उनले पूरा विश्वका मुसलमानहरू अब एकजुट हुने समया आएको बताए ।

उनले सम्बोधनका क्रममा मुसलमानहरूले दुश्मनसँग सावधान रहनुपर्ने बताए । उनको यो भनाइ इजरायल र उसलाई सघाइरहेको अमेरिकालक्षित थियो ।

उनले मुस्लिम विरोधीहरू विनाशको शासनमा रमाइरहेको बताउँदै मुस्लिमहरू एक ठाउँमा उभिन सकेमा अल्लाह पनि प्रसन्न हुने उल्लेख गरे ।

इरानका सर्वोच्च नेताले आफ्नो सम्बोधनका क्रममा इजरायल र अमेरिकाविरुद्ध धार्मिक कार्ड खेलेका हुन् ।

तेहरानस्थित जुमेको नमाजका क्रममा सम्बोधन गर्दै उनले दुश्मनहरू मुस्लिम देशको पछाडि लागेको पनि बताए । उनले आफ्नो जमिनको रक्षमा डटेर लाग्नुपर्ने पनि बताए । खामेनेईले अफगानिस्तानदेखि लिएर लेबनानसम्म सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

उनले धार्मिक कार्ड खेल्दै मुसलमानहरू अल्लाहले देखाएको बाटोमा अघि बढ्नु जरुरी रहेको पनि बताए । कुरानले पनि मुस्लिमहरू एकसाथ रहनुपर्ने भनेको उनले स्मरण गराए ।

इजराइलसँग युद्धबीच खामेनेईले पूरा संसारका मुस्लिम एक हुन सके कसैले छुन नसक्ने पनि जिकिर गरे।

यसैबीच शुक्रबार नै हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई अन्त्येष्टि गरिँदैछ । त्यसअघि तेहरान (ग्रान्ड मस्जिद) मा नसरल्लाहका लागि जुमेको नमाज वाचन गरिँदैछ । यसमा खामेनेई पनि सहभागी भएका हुन् । त्यसपछि उनले सम्बोधन गरेका छन् ।

इजरायली सेनाले नागरिकलाई दक्षिण लेबनानका ३७ गाउँ खाली गर्न उर्दी जारी गरेको छ । उत्तरतर्फ इजरायलको आक्रमण जारी छ । इरानले मिसाइल हानेपछि इजरायल लगातार लेबनानमा आक्रमण बढाइरहेको छ । इजरायलले हिजबुल्लाहका सदस्यलाई समाप्त पार्ने बताएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  २ : ४९ बजे

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

कोशीको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

मोरङ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले

उत्पादकत्व वृद्धि गरेर अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ : मन्त्री भण्डारी

पाटन– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र