इजरायली आक्रमणको डरले हिजबुल्लाह प्रमुखको गोप्य रुपमा अन्त्येष्टि | Khabarhub Khabarhub

इजरायली आक्रमणको डरले हिजबुल्लाह प्रमुखको गोप्य रुपमा अन्त्येष्टि


१८ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनानी लडाकू समूह हिजबुल्लाका प्रमुख हसन नसरल्लाहको शवलाई अस्थायी रूपमा गाडिएको छ ।

इजरायलले ठूलो अन्त्येष्टि कार्यक्रमलाई लक्षित गरी आक्रमण गर्ने डरले गोप्य स्थानमा उनको शव अस्थायी रूपमा गाडिएको हो ।

‘परिस्थितिले सार्वजनिक अन्त्येष्टिको अनुमति नदिएसम्म हसन नसरल्लाहलाई अस्थायी रूपमा गाडिएको छ’, गत साता इजरायली आक्रमणमा नसरल्लाहबारे लडाकु समूहका सदस्यले भने ।

‘इजरायली धम्कीले शोक मनाउनेहरू र उनलाई गाडिएको स्थललाई लक्षित गर्ने डर’ का कारण सार्वजनिक अन्त्येष्टि गर्न असम्भव भएको हो।

सिया मुस्लिम रीतिअनुसार उचित अन्त्येष्टि गर्न परिस्थितिले नदिँदा वा मृतकलाई उनीहरूले चाहेको स्थानमा गाड्न नसकिँदा अस्थायी रूपमा गाड्ने व्यवस्था छ ।

हिजबुल्लाहले शीर्ष लेबनानी अधिकारीहरूमार्फत इजरायलको प्रमुख सहयोगी अमेरिकाबाट इजरायलले सार्वजनिक अन्त्येष्टिलाई लक्षित नगर्ने ‘ग्यारेन्टी’ प्राप्त गर्न खोजेको थियो । तर उक्त कार्यमा असफल भएपछि गोप्य रुपमा गाडिएको एक लेबनानी अधिकारीले बताए ।

हिजबुल्लाहमाथि इजरायलको तीव्र बमबारीबीच सेप्टेम्बर २७ मा समूहको दक्षिणी बेरुत गढमा भएको ठूलो आक्रमणमा नसरल्लाहसहित इरानी रिभोल्युसनरी गार्डका एक जनरल मारिएका थिए ।

इजरायलले इरान समर्थित हिजबुल्लाहका करिब २० सदस्यलाई मारेको बताएको थियो ।

नसरल्लाह मारिएको एक सातापछि पनि उनको उत्तराधिकारी तय गरिएको छैन । सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका प्रमुख हिजबुल्लाह व्यक्ति उनका भाइ हाशेम सफिएद्दिन हालै दक्षिणी बेरुतमा भएको इजरायली हवाई आक्रमणको निशानामा परेका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ४ : २८ बजे

बाजुरामा बन्यो ‘शान्ताको अचार’, उद्यममा जोडिए महिला 

नेकपा एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरी बाजुरा आएको दश दिन

विलासिता कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी निरन्तर आन्दोलनमा (तस्बिरहरू)

काठमाडौं– सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी

परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी 

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट

सुनचाँदी व्यवसायीको आन्दोलन जारी

काठमाडौं – सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग

कोशीको बजेट यथार्थपरक र सन्तुलित छ : मन्त्री मगर

मोरङ– कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले