मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी | Khabarhub Khabarhub

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर मर्नेको सङ्ख्या दुई हजार पुगिसकेको जनाएको छ।

यसरी मारिनेमा १२७ बालबालिका तथा २६१ महिला छन्। अमेरिकाले जनाए अनुसार इजरायलले यमनमा हाउथीको नियन्त्रणमा रहेको १५ स्थानमा आक्रमण गरेको छ।

इजरायलका विदेशमन्त्री अराबास आरागाचीले बेरुत भ्रमणको क्रममा इजरायलले इरानमा आक्रमण गरेमा इरानले जनाउने प्रतिक्रिया विगतको भन्दा धेरै गुणा डर लाग्दो हुने चेतावनी दिएका छन्।

गाजामा गएको एक वर्षमा भएको आक्रमणमा ४१ हजार ८०२ जना मारिएका छन् भने ९६ हजार ८४४ जना घाइते भएका छन्। बेरुतमै भने अहिले विस्थापित हुनेको सङ्ख्याको १२ लाख भन्दा बढी भएको जनाएको छ।

हिजबुल्लाहले शुक्रबार राति दक्षिणी लेबनानमा दुई पक्षीय भिडन्त भएको जनाएको छ। दक्षिणी लेबनानको ओडिएसमा प्रवेश गर्न खोज्दा भिडन्त भएको जनाइएको छ। वाफा न्युज एजेन्सीका अनुसार गाजामा गरिएको पछिल्लो आक्रमणमा ८ जनाको ज्यान गएको छ।

एलियन र कराजामा भएको बम प्रहारमा ५ जनाको ज्यान गएको छ। उत्तर पूर्वको गाफ्रिमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ। अल सफाहमा भएको आक्रमणमा एक जनाका मृत्यु भएको हो।

इजरायली सेनाले थप दुई सहरका लेबनानीलाई निवास छाड्न भनेको छ। इजरायलले ती सहरमा आक्रमण गर्ने जनाउ गर्दै यो सूचना जारी गरेको हो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : २३ बजे

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

कमलामाई– सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी– म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा लडाकुको आक्रमणमा परी यो वर्ष