चिनियाँ युद्धपोतद्वारा फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार « Khabarhub

चिनियाँ युद्धपोतद्वारा फिलिपिनी हवाईजहाजमाथि लेजर प्रहार


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव बढ्दै गइरहेको छ ।

केही समयअघि चिनियाँ युद्धपोतले फिलिपिन्सको मत्स्य एवम् जलचर स्रोत ब्युरोको हवाईजहाजलाई लक्षित गरी लेजर प्रहार गरेको घटना बाहिरिएको छ ।

ब्युरोका अनुसार पश्चिम फिलिपिन्स सागरमा निरीक्षण अभियानमा खटिएको हवाईजहाजलाई लक्षित गरी चिनियाँ नौसेनाको युद्धपोतले तीन पटक सघन लेजर प्रहार गरेको थियो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिन्स सागर भन्ने गरेको छ ।

फिलिपिन्स डेली इनक्वायररका अनुसार घटना हासाहासा शोल नजिकै भएको हो । चिनियाँ तटरक्षक बलको युद्धपोत र नौसेनाको टाइप २२ होउबेइ क्लास युद्धपोतले ब्युरोका दुई पानीजहाजलाई लखेटेको थियो ।

त्यसको निरीक्षणका लागि खटिएको ब्युरोको सेस्ना हवाईजहाजलाई लक्षित गरी चिनियाँ नौसेनाका युद्धपोतले लेजर प्रहार गरेको इनक्वायररले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ११ : ५६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको