लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह « Khabarhub

लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

एजेन्सीहिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी  झडपमा सक्रिय रहेको शनिबार जनाएको  छ ।  

‘इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।  

 निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट पछि हट्न बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ ।

इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा साल्वो रकेट साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमण  गरेको बताएको छ । 

हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् । विस्थापितहरूको उचित व्यवस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लालाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ  भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ४९ बजे

भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनको तयारी

हेटौँडा– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा–काठमाडौँ जोड्ने

रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा

ख्वप– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भक्तपुरका हराइरहेकामध्ये छ जना

एमालेले प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने  

काठमाडौं– नेकपा एमालेले उद्धार तथा राहत कार्यको स्थलगत अनुगमन, सूक्ष्म

नेपाल बैंकर्स संघको एसोसिएट सदस्यमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड आबद्ध

काठमाडौं– नेपाल बैंकर्स संघको पहिलो एसोसिएट सदस्यका रूपमा नेपाल इन्फ्रास्ट्रक्चर

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २७ जना उपचाररत, ३९ डिस्चार्ज

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते भई उद्धार