लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह | Khabarhub Khabarhub

लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

एजेन्सीहिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी  झडपमा सक्रिय रहेको शनिबार जनाएको  छ ।  

‘इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा  उल्लेख गरिएको छ ।  

 निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट पछि हट्न बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ ।

इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा साल्वो रकेट साथै सीमापार क्षेत्रमा रहेका सैनिकलाई लक्षित गरी आक्रमण  गरेको बताएको छ । 

हिजबुल्लाह र इजरायलले लामो समयदेखि दैनिक सीमापार गोलाबारी गर्दै आएका छन् । विस्थापितहरूको उचित व्यवस्थापनका लागि इजरायलको उत्तरी क्षेत्रलाई सुरक्षित बनाउने प्रयासमा हिजबुल्लालाई लक्षित गरिरहेको भन्दै इजरायलले बमबारीलाई तीव्र बनाएको छ  भने यसै हप्तामा आफ्नो सेनाले दक्षिणी लेबनानका केही भागहरूमा भूमि आक्रमण सुरु गरेको घोषणासमेत गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ४९ बजे

सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा बस्दै

‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदैन’

काठमाडौं– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सलाई सरकारले

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि …

चितवन– कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु भएको छ

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति