लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए | Khabarhub Khabarhub

लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लेबनानको त्रिपोली सहरमा हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले हमाससँग निकट मिडियालाई उद्धृत गर्दै त्रिपोली सहरमा रहेको बेदावी शरणार्थी शिविरमा भएको इजरायली आक्रमणमा ती नेताको मृत्यु बारे जानकारी दिएको हो । 

प्यालेस्टाइनी शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा परिवारका तीन सदस्यका साथ हमास नेता सईद अताल्लाहको मृत्यु भएको समाचारमा उल्लेख छ । इजरायली सेनाका तर्फबट भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भइनसकेको बीबीसीले जनाएको छ । 

लेबनानी अखबार ‘अन नहार’ ले इजरायली आक्रमणमा अताल्लाहकी पत्नी र उनका दुई बच्चाको मृत्यु भएको जनाएको छ । हमासले अहिलेसम्म घटनाको पुष्टि गरेको छैन । 

यद्यपि, हमासको सहयोगी चरमपन्थी गुट प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले भने नेता अताल्लाहको पत्नी र दुई छोरीका साथ मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ३ : ०६ बजे

सानेपामा जम्मा भए कांग्रेस नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा बस्दै

‘नर्सलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन सकिदैन’

काठमाडौं– नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सलाई सरकारले

मध्यरातमा प्रहरीको भेषमा ‘चोर’ आएपछि …

चितवन– कालिका नगरपालिका–६ सिमलघारी टोलमा सोमबार मध्यराति प्रहरीले लगाउने जस्तै

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ सुरु भएको छ

जेलेन्स्कीको अमेरिका भ्रमणमा ट्रम्पसँग हवाई सुरक्षा र रूसमाथि दबाबबारे छलफल हुने

कीएभ- युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार यसै हप्ता अमेरिकाका राष्ट्रपति