लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए « Khabarhub

लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं लेबनानको त्रिपोली सहरमा हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले हमाससँग निकट मिडियालाई उद्धृत गर्दै त्रिपोली सहरमा रहेको बेदावी शरणार्थी शिविरमा भएको इजरायली आक्रमणमा ती नेताको मृत्यु बारे जानकारी दिएको हो । 

प्यालेस्टाइनी शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा परिवारका तीन सदस्यका साथ हमास नेता सईद अताल्लाहको मृत्यु भएको समाचारमा उल्लेख छ । इजरायली सेनाका तर्फबट भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भइनसकेको बीबीसीले जनाएको छ । 

लेबनानी अखबार ‘अन नहार’ ले इजरायली आक्रमणमा अताल्लाहकी पत्नी र उनका दुई बच्चाको मृत्यु भएको जनाएको छ । हमासले अहिलेसम्म घटनाको पुष्टि गरेको छैन । 

यद्यपि, हमासको सहयोगी चरमपन्थी गुट प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले भने नेता अताल्लाहको पत्नी र दुई छोरीका साथ मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ३ : ०६ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित