झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा « Khabarhub

झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न बितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्‌को तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए । 

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे । अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।

खनालले मौसमविद्हरूले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढङ्गले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे ।

खनालले सरकारले गरेको लापरवाहीको कारण जनता समस्यामा परेको उल्लेख गरे ।  उनले प्राकृतिक विपदपछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रीत गरेको बताए । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : १४ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा