पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान | Khabarhub Khabarhub

पहिलो द्विपक्षीय भ्रमणका लागि माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत प्रस्थान


२० आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

माले– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आइतबार प्रथम महिला साजिदा मोहम्मदसँग भारतको राजकीय भ्रमणका लागि प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यो मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।

‘राष्ट्रपति डा. एम. मुइज्जु र प्रथम महिला साजिदा मोहम्मद गणतन्त्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभयो’, माल्दिभ्सको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘भारतका राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा यो भ्रमण भएको हो र यो राष्ट्रपति मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।’

हालै न्युयोर्कमा भएको ७९औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको साइडलाइनमा मुइज्जुले जतिसक्दो चाँडो भारत भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । उनले दुई मुलुकबीच ‘धेरै बलियो’ द्विपक्षीय सम्बन्धको समेत प्रशंसा गरे ।

मुइज्जुले यस वर्ष भारत भ्रमण गरेको यो दोस्रो पटक हुनेछ । यसअघि गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा उनले भारत भ्रमण गरेका थिए ।

यसअघि माल्दिभ्सका प्राय हरेक राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमण भारतमा गर्ने गरेका थिए तर मुइज्जुले पदभार ग्रहण गरेपछि पहिले टर्की र त्यसपछि चीनको भ्रमण गरेर यो परम्परालाई तोडे ।

माल्दिभ्समा मोहमम्मद मुइज्जु सरकारले भारतसँगको सम्बन्ध बिग्रिएर कूटनीतिक विवाद उत्पन्न भएपछि मेलमिलापको दृष्टिकोण अपनाएको छ ।

सत्तामा आएपछि मुइज्जुले भारत–माल्दिभ्स सम्बन्धको दृष्टिकोणबाट केही अपरम्परागत कदम चालेका छन् । राष्ट्रपति निर्वाचनका क्रममा उनले आफ्नो अभियान ‘इन्डिया आउट’ का रूपमा चलाए । माल्दिभ्सबाट भारतीय सैनिकहरू हटाउने उनको पार्टीको प्रमुख निर्वाचन अभियान थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०० बजे

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै

टोलटोलमा पुगेर स्वास्थ्य सेवा

गण्डकी– कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त